लुम्बिनी प्रदेश सभा बैठक २१ भदौमा

दाङ, १९ भदौ ।
लुम्बिनी प्रदेश सभाको आगामी बैठक २१ भदौमा बस्ने भएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार बिहीबार मध्याह्न १२ बजेदेखि बैठक बस्ने तय भएको छ।

सभामुखको निर्देशनअनुसार दोस्रो अधिवेशनको २४औँ बैठक बस्न लागेको सोमबार सूचना जारी गरी जानकारी गराइएको हो। एक महिनादेखि लुम्बिनी प्रदेश सभा बैठक बस्न सकेको छैन।


प्रदेश सभाको २३औँ बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’को दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो।