टेकराज भण्डारी
तुलसीपुर, १८ मंसिर ।
नेपाली काङ्ग्रेस तुलसिपुर नगर सभापती तथा समाजसेवी सुरेश हमाल र रेखा शाह हमालले मानव सेवा आश्रम तुलसीपुरमा लत्ता कपडा सहयोग गर्नु भएको छ ।
सामाजिक सेवा भाव अनुरुप स्व.आमा पशुपति हमाल तथा स्व.ससुरा बुवा जय पृथ्बी बहादुर शाह र स्व. सासू आमा जनक देवि शाहको सम्झनामा आश्रममा ब्ल्यांकेट सहयोग गर्नु भएको हो ।
कोही नहुनेहरुको लागि र केही नहुनेहरुको लागि थोरै भए पनि स्वर्गीय आमा बुबाको सम्झनामा सहयोग गरेको समाजसेवी हमालले बताउनु भयो । यही अनुरूप हमालले आज एक कार्यक्रमका बिच २५ पिस व्ल्याङ्केट तथा फलफुल वितरण गर्नुभएको छ ।
लाइभदाङ । १८ मंसिर २०८०, सोमबार १३:१० बजे