तुलसीपुर, ११ भदौ ।
दाङमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ७ घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १६ लेटार निवासी ४२ बर्षीय हरिशचन्द्र पाण्डे रहेको दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।
पाण्डेलाई सर्वेच्च अदालतले २०५७ साउन ६ गते कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ७ महिना कैद सजाय फैसला गरेको थियो । उनलाइ हिजो पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बुझाईएको डिएसपी गौतमले बताउनुभयो ।
लाइभदाङ । ११ भाद्र २०८०, सोमबार १४:४० बजे