मानवसेवा आश्रमका २७ जनालाई पोषणयुक्त खानेकुरा प्रदान

देव राज कँडेल
तुलसीपुर, १७ साउन ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङको समन्वयमा मानव सेवा आश्रममा रहेका २७ जनालाई खानेकुरा प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष सालिकराम ओलीका अनुसार दुईजना सुत्केरीसहित आश्रममा रहेका २७ जनालाई पोषणयुक्त खाना, फलफुल तथा ३१ जोडी चप्पल र ३/४ महिनाका २ जना शिसुलाई शेरलेक्स प्रदान गरिएको हो ।

प्रतिष्ठानका आजीवन सदस्य अब्दुल हमिद खानले स्व. धर्मपत्नी जरिना खानको स्मृतिमा उक्त सहयोग गरेका हुन् । त्यसको संयोजन प्रतिष्ठानले गरेको हो ।


आश्रममा सडकपेटीमा छट्पटिएका असहाय,अशक्त , शारीरिक तथा मानसिक रोगी,परिवारबाट बेसहारा भएका जेष्ठ नागरिकहरुलाई उद्दार गरि राखिएको छ ।

त्यस अवसरमा राष्ट्रिय मानब अधिकार प्रतिष्ठानका लुम्बिनी प्रदेश संयोजक बिनोद श्रेष्ठ, प्रतिष्ठानका दाङ शाखाका कानुनी सल्लाहकार अधिबक्ता मोहन धिताल, आश्रमका जिल्ला संयोजक उर्बिन सापकोटा ,प्रतिष्ठानका आजीवन सदस्य अब्दुल हमिद खान, दाड शाखा उपसभापति सन्तोष गुप्ता, कोषाध्यक्ष निरज श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।