मन्त्री मास्कीद्वारा छात्रावास भवनको उद्घाटन

शान्तिनगर, १० भदाै ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं.३ स्थित बीपी कोइराला माविमा छात्रावास भवन निर्माण गरिएको छ । उक्त भवनको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले उद्घाटन गरेका हुन् । प्रदेश सरकारको ३० लाख लागतमा दुइ कोठे छात्राबास भवन  निर्माण भएको हो ।

त्यस अवसरमा मन्त्री मास्कीले पश्चिम दाङमा इतिहासमै पहिलो पटक धेरै बजेट आएको बताएका छन् । पश्चिम दाङ विकासका दृष्टिकोणले पछि परेको भन्दै अब विकासले फड्को मार्ने बताएका छन् ।


पश्चिमका खोलाहरुमा पुल, विकट गंगटेसम्मको सहज यातायात, खानेपानी, विद्युत,सडक, सिंचाईलगायतलाई उच्च प्राथमिकता राखेको बताए ।