हिमाल डाँगी ‘नेपाली बाबु ‘ / जापनीज संस्कार र सभ्यतामा कसै प्रति बदलाको भाब, इर्ष्या, डाँहाको भाब छैन नत्र अमेरिकी आक्रमणले बिक्षिप्त बनेको जापान र जापनीज नागरिक अमेरिकनहरुका बिरुद्दमा आफुले सिकेको प्रतिकार, प्रतिवादमा उतृन सक्थे तर त्यसको साटो जापनीज नया संस्कार र मान्यता कस्तो बन्यो भने अमेरिकनहरुलाई जित्ने रणनितिक योजना सबै जापनिज उत्पादन अमेरिकन बजारमा प्रत्यक अमेरिकनका घर-घर मा पुर्याउने योजना अनुसार उत्पादनमा जापान जुट्यो र जापनिज टेक्नोलोजी संसारभर आफ्नो एकछत्र बजार बनाउन सफल भयो र जापानले आफुलाई बिकसित देशको रुपमा उभ्याउन सफल बन्यो ।
आजपनि जापनीज संस्कारमा सार्वजनिक सम्पतीको संरक्षण व्यक्तिगत सम्पति सरह हरेक नागरिकले गर्दछन्।
हरेक नागरिक श्रमलाई जिवन ठान्दछन, उत्पादनले मात्र आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरामा बिस्वास राख्दछन , बाचुन्जेल सकेको श्रम गर्नु पर्दछ भन्ने मान्यता राख्दछ्न र सोहि अनुसार हरेक नागरिकको पसिनाले देश सिन्चित छ देश समृद्द छ ।
हरेक नागरिक आफुले खाने कुरा मा जानकार छ, के खाने, कति खाने, कसरि खाने भन्ने कुरा पुर्णरुपमा पालना गर्दछ , ब्याम , योगा, ध्यान मार्फत मानशिक स्वास्थ्य पनि बलियो बनाउन नियमपुर्बक दैनिक अभ्यास गर्ने गर्दछन ।
एउटा यस्तो गाँउ त्यँहाका औषत मानिस १०० -११० बर्ष बाच्ने गर्दछन , त्यस्को एउटा राज भनेको इकिगाई रहेछ हरेक मानिस आफ्नो जिवनमा इकिगाईको खोजिमा जिवन बाच्दो रहेछ ।
हरेक कुराको निश्चित योजना छ, मान्यता छ, संसकार छ, नियम छ र हरेकको बिस्वास बदला लिएर होइन बदलिएर बाच्नु पर्छ भन्ने छ, अध्यारोलाई जित्न अनकंटार अध्यारो होइन त्यस्को साटो सानो भएनि उज्यालो चाहिन्छ भन्ने मान्यता छ । जसका कारण जापान युद्दले थिलो थिलो परेर पनि आज शक्तिशाली र समृद्द भएर उभिएको छ आफ्नो स्वाभिमानमा बाचेको छ ।
हरेक नागरिक आफुलाइ जिम्मेवार सम्झन्छन , बिगृयका हरेक काम हरु को जवाफदेहि सम्बन्धित निकाय संगै आफुपनि हो भन्ने कुरा स्विकार्दछ्न ।
सकेको, जानेको र गर्न सक्ने सबै खालका काम काज आफुले राज्यका लागी गर्नु पर्दछ भन्ने संस्कार छ, राज्य भन्नु नै नागरिकहरुको जमात हो, नागरिकहरु भन्नु नै राज्य हो यिनिहरु बिचको पारस्परिक सम्बन्ध मजबुत बनाउन दुबै जिम्वेवार हुनुपर्दछ र आफ्नो जिम्वेवारि दुबैले पुरा गरे मात्र राष्ट्र सफल, समृद्द र शक्तिशाली बन्न सक्छ भन्ने चेतना छ ।
अल्पविकसितबाट विकसित बन्ने एउटा प्रकृया हो हाम्रो देश नेपाल र हामी नेपालि पनि त्यहि प्रकृया मा छौ लामो समय बिभिन्न राजनितिक आन्दोलन, बिद्रोह र गृहयुद्द ले पछाडी धकेलियको मुलुक भर्खरै मात्र एउटा बिकशित प्रणाली, राजनितिक दलहरुको मान्यता अनुसार बिकसित मानिएको अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेको छ र यो पनि लामो समय बित्यो तर पनि देशको अस्थिर राजनितिका कारण हामिले परिकल्पना गरेको जस्तो बिकसित समाज बनाउन सकिरहेका छैनौ यद्यपी बिकास नभएको भन्ने कुरा चाहि होइन क्रमशः हुने बिकासलाइ हाम्रो जस्तो अल्पबिकसीत मुलुकले गुणात्मक रुपमा अगाडी बढाउनसके मात्र राष्ट्र बिकसित र शक्तिशाली बन्न सक्दछ।
हरेक कुरामा नकारात्मक टिप्पनी र बिनास मात्र देख्ने हाम्रो कुंसस्कार ले देशको समृद्दी, सुशासन, भ्रष्टाचार मुक्त बनाउने अभियानलाइ समेत असफल बनाउन भुमिका निर्वाह गरेको छ भन्दा गलत हुदैन ।
हरेक नागरीक सचेत हुनुपर्दछ, सचेतापुर्वक समस्याको उठान र समाधानका लागी पहल गर्नु पर्ने संस्सकारको बिकास हुनुपर्दछ ।
समस्याहरुको समाधान नगरि गरियको बिरोध र गुनासोले समस्याहरुलाई अझ बढवा दिन्छ भने त्यस्को असर बिभिन्न व्यक्तिगत, सामुहिक र समाजको स्तरसम्म पुगेर सदभाब, सामाजिक मेलमिलापको भाबमा समेत खलल पुर्याउने गर्दछ ।
अहिले देखीएको सतहिमा सस्तो लोकप्रीयताका लागी नागरिक देखी जिम्वेवार व्यक्तिले दिने अभिव्यक्तिले सिंगो राष्ट्रलाई बिकासको गतिमा अबरोध, एकले अर्कोलाई सहयोग गरेर जानु पर्ने अबस्थामा असफल बनाउन गरिने दुस्प्रयासले सिंगो देशलाइ नै अझ गरिबि र युद्द तिर लैजान सक्ने खतरा बढेको छ ।
आफ्ना अभिव्यक्तिले सिङो समाज र राष्ट्रलाइ पुर्याउने क्षतिको अंदाज गरेर मात्र अगाडी बढ्न सकियो भने थुप्रै कुराहरुको समाधान आफ्नै बन्न सक्दछ ।
समाज र राष्ट्र बनाउन सबै भन्दा पहिला सकारात्म सोच बनाउ, सकारात्मक भाबको बिकास गरौ, समास्याको उठान र समाधानको बिकल्प पनि दिने संस्कार बनाउ, आफुपनि जिम्वेवार छौ भन्ने बोध गरौ, यो समाज माटो जस्तै हो खुर्शानी रोपेर मिठो स्याउ माटोले दिन सक्तैन, हाम्रो गुण, स्वभाब, संस्कार अनुसार त्यहि कुरा गुणात्मक रुपमा फिर्ता हुने हो ।
हरेक नागरिकको स्तरबाट अनिवार्य श्रम गर्ने बानिको बिकास गरौ, आत्मनिर्भरताकालागि सकेको हदैसम्मको प्रयास गरौ, आफ्ना वरपरका अनियमितता, कम्सल कामकाज र भ्रष्टाचारलाई खबरदारी संगै त्यसलाइ रोक्ने कर्तब्यको पालना गरौ, अनिवार्य आम्दानीको कर बुझाउने दायित्व पुरा गरौ, हाम्रै पालामा हाम्रो देशलाइ हाम्रै पसिनाले सिंचित गर्ने अठोट बोकौ, परिवारबाटै खानपान, संसार , अनुशासन , मेलमिलाप, शिष्टाचार , मौलिकताको सरक्षणमा हाम्रा साझेदार भबिस्यका कर्णाधार बालबालिकालाइ सिकाउ , सम्झाउ , बुझाउ ।
सभ्य , संस्कारयुक्त र बिकसित समाज निर्माण गर्न अब अबेर नगरौ सबैले हातेमालो गरौ ।
लाइभदाङ । ३० श्रावण २०८०, मंगलवार १५:२५ बजे