बुढागाउँ स्वास्थ्य चौकीको अनुगमन

रोल्पा,२९ साउन । रोल्पा लिल्ला त्रिवेनी गाउँपालिका -४ सिम्पानीमा रहेको बुढागाउँ स्वस्थ चौकिको अनुगमन कार्यक्रम सम्पन्न भएको छ । उक्त सामुदायिक अंक पत्र कार्यन्वयन सम्बन्धि अनुगमन कार्यक्रम बुढागाउँ स्वस्थ्य चौकी ब्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष गँगा प्रसाद घर्तीको अध्यक्ष तामा संचालन गरिएको हो ।

सामुदायिक अंक पत्र कार्यन्वयन पश्चात्को अनुगमन कार्यक्रममा स्वस्थ्य ब्यवस्थापन समिती, अनुगमन समिती, सेवा प्रदायक र सेवा ग्रहीको सहभागिता रहेकोे थियो । अनुगमन कार्यक्रममा ११ वटा सुचक हरुको बारेमा छलफल क्रममा पहिले ९८ प्रकारका औषधिसमेत आउदैनथ्यो भने अहिले गाउँपालिकाले खरिद गरि पठाउने हुँदा अहिले सबै प्रकारका औषधि स्वस्थ्य चौकीमा उपलब्ध भएको बुढागाउँ स्वास्थ्य चौकी प्रमुख धन बहादुर घर्तीले बताए । उनले थप्दै भने,“ हाम्रो ११ वटा सुचकहरु मध्य ८ वटा सुचकमा सुधार आएकोछ र बाकी ३ वटा सुचक हरुको बारेमा पहल गर्नुपर्नेछ।

सेवाग्राही र सेवाप्रदायक बिचमा के कति ग्याप छ र त्यो ग्याप कसरी हटाउन सकिन्छ साथै सेवाको हिसाबले जनतालाई सुशाशनको प्रत्याभूति दिलाउन यो कार्यक्रमले महत्त्वपूणर् भुमिका खेलेको स्वस्थ्य ब्यवस्थापन समिती अध्यक्ष गंग प्रशाद घर्तीले बताए । उनले थप्दै भने,“ सेवाग्राहीको आवश्यकता परिपुर्ति गर्न बस्तिस्तरबाट संकलित योजना आयो भने योजना प्राथमिकतामा राख्न सहज हुन्छ । स्वस्थ्य सम्बन्धि त्यस्ता खाले योजना माग गर्नु पर्छ ।’


स्वास्थ्य संस्थाले दिने सेवा प्रवाह गुणस्तरीय बनाउन के गर्न सकिन्छ ? सेवा प्रदायक र सेवाग्राही विच यकले अर्कालाई बुझ्ने वातावरण सिर्जना गर्न तथा सामुदायिक अंक पत्र मार्फत तय गरिएका प्रस्तावित कार्ययोजना कति पूरा भए कति हुन बाँकी छन् भन्ने विषयमा सेवाग्राही , स्वास्थ्य ब्यबस्थापन समिति , अनुगमन समिती, जनप्रतिनिधिहरुको उपस्थितिमा उक्त अनुगमन कार्यक्रम सु- सम्पन्न गरिएको हो ।

No description available.

No description available.