दाङमा बसको ढोकाबाट खस्दा एकजना घाइते

तुलसीपुर, ३० असोज ।
दाङमा बसको ढोकाबाट खस्दा एकजना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका – ७ बुटनीया निवासी २९ बर्षिय धनराज खड्का रहेको उपचारमा संलग्न श्रीमती सरला खड्काले जानकारी दिईन् ।


श्रीगाउँबाट तुलसीपुरका लागि छुटेको ना ४ ख ७२६० नम्बरको बसको ढोकाबाट खस्दा घाइते भएका खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । अर्को गाडीलाई उछिन्ने क्रममा खड्का, बागरमा बसको ढोकाबाट खसेका थिए ।