तुलसीपुरका ब्यवसायी तथा कांग्रेस महाधिबेशन प्रतिनिधि बिमल रिजालले कांग्रेस छाडे

दाङ,१९ बैशाख ।
नेपालि काँग्रेसको १४ औ महाधिवेशनमा दाङ ३ बाट सर्बाधिक मत प्राप्त गरि महाधिबेसन प्रतिनिधिमा बिजयि युवा नेता बिमल रिजालले कांग्रेसबाट राजिनामा दिएका छन । उनले आफु कांग्रेसको क्रियाशिल सदस्यता पनि त्याग गरेको बताएका छ्न ।

रिजाल तुलसीपुर उबासंघका पुर्ब अध्यक्ष पनि हुन। उनि कांग्रेसबाट नै तुलसीपुरको मेयरको आकाङ्क्षि हुन । कांग्रेस नगर सभापति सुरेश हमाल पार्टी भित्र गगन थापा निकट हुन । तुलसिपुरको राजनितिमा रिजाल र हमालको आगामी मेयरमा आकाङ्क्षि देखीएको उनि निकट नेताहरु बताउछन ।