निरन्तर जनताकै माझमा मन्त्री मास्की

तुलसीपुर, १ असोज । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्की निरन्तर जनताकै माझमा छन् । तीजको दिन पनि मन्त्री मास्की जनताको समस्या सुन्न गाउँ-गाउँमा पुगेका छन् ।

सोमबार बबई गाउँपालिका वडा नं. २ घट्टेखोलामा पुगेर तीज बिशेष कार्यक्रमका साथै जनताका समस्या सुनेका थिए । उनले सरकारले जनताकै समस्यासंग एकाकार गर्ने भन्दै पश्चिम दाङको विकास निर्माणमा दत्तचित्त भएर लागेको बताए । उनले जनताका हरेक समस्यामा गम्भीर भएर लोगेको बताए ।

May be an image of 9 people, temple and tree


पश्चिम दाङले पहिलो पटक मन्त्री पाएको र विकास निर्माणकालागि छुट्याएको बजेटले धेरै विकास हुने समेत बताए । विकास निर्माणमा पनि जनताको साथ चाहिने भन्दै उनले जनतासंग-संगै हिड्ने समेत बताए ।

साथै उनले माओवादीको सरकारले थालेको भ्रष्टाचार विरुद्धको क्रान्ति पूरा गर्न जनताले साथ दिनुपर्ने बताएका थिए । जनताको साथ विना हरेक क्रान्ति पूरा गर्न असम्भव हुने भन्दै अहिलेको भ्रष्टाचार विरुद्धको क्रान्ति पूरा गर्न जनताले साथ दिएमा सफल हुने बताए

May be an image of 7 people