लुम्बिनीका ९४ कर्मचारीको सरुवा

दाङ,२३ साउन । लुम्बिनी प्रदेशका ९४ कर्मचारी सरुवा भएका छन् ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका अनुसार ५ जना उपसचिब, ४९ जना अधिकृत सहित ९४ कर्मचारी सरुवा भएका हुन् । प्रदेश उद्योग पर्यटन तथा यातायात ब्यबस्था मन्त्रालयका उपसचिब डिल्लीराज बेलवासेलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै मुख्यमन्त्री कार्यालयका उपसचिब लोकबहादुर सुनारलाई सहकारी प्रशिक्षण नेपालगञ्ज, घरेलु तथा साना उद्योग कार्यालय घोराहीका उपसचिब लालबहादुर गुरुङलाई प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालय, मुख्यमन्त्री कार्यालयका उपसचिब गीता आचार्यलाई पर्यटन डिभिजन कार्यालय रुपन्देहीमा र शिक्षा तथा सामाजिक विकास निर्देशनालयका उपसचिब मित्र प्रसाद गौतमलाई सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै कृषि सेवाका अधिकृत ४ जना, इञ्जिनियर २ जना, प्रशासन तर्फका अधिकृत २८ जना, कम्प्युटरका ९ र शिक्षाका ६ जना अधिकृतको सरुवा भएको छ । त्यस्तै प्रशासन तर्फका पाँचौ तहका कर्मचारी २३ जना, कम्प्यूटर अपरेटर १४ जनालाई सरुवा गरिएको हो ।


प्रदेश भित्रका १२ वटै जिल्ला तथा मन्त्रालयमा सरुवा गरिएको हो ।

यी हुन् सरुवा भएका कर्मचारीहरु: