नेपाल राहत शिक्षकहरुको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

निराश पाण्डे 
श्रीगाउँ, १७ साउन ।  ‘सम्पुर्ण राहत शिक्षकहरु एक हौ’ भन्ने मुल नाराका साथ नेपाल राहत शिक्षकहरुको संयुक्त भेला मंगलबार दंगिशरण गाउँपालिका वडा नम्बर ६ स्थित श्री सिद्ध पृथ्वी जनता माद्यामिक विद्यालय श्रीगाउँमा सम्पन्न भएको छ। नेपाल राहत शिक्षक शान्तिनगर, बबई र दंगिशरणको संयुक्त आयोजनामा नेपाल राहत शिक्षक केन्द्रिय समितिको सर्कुलर अनुसाए संघिय शिक्षा ऐनको टेबुलेसन हुने सन्दर्भमा राहत शिक्षकहरुको स्थायी ब्यबस्थापनको लागि सरकारलाई दबाब सृजना गर्नको लागि उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ। नेपाल राहत शिक्षक दंगिशरणका अध्यक्ष रेसम बहादुर के सि को सभापतित्व एबं नेपाल राहत शिक्षक लुम्बिनी प्रदेशकि सचिब निर्मला डाङ्गिको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष हेम लाल आचार्यको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारले राहत शिक्षकहरुलाई समयमै स्थायी ब्यबस्थापन गर्नुपर्ने बताउदै यदि नगरे देशै भर कडा आन्दोलन गर्ने चेतावनी दिएका छन। कार्यक्रममा जिल्ला सचीव एक राज भण्डारी, तुलसीपुर संयोजक मेघराज घिमिरे, शान्तिनगर संयोजक निम बहादुर नेपाली, जिल्ला सह कोषाध्यक्ष सीता भण्डारी र जिल्ला सदस्य गोमती ओलिले बोल्नु भएको थियो।  साथै भेलाले शान्तिनगर, बबई र दंगिशरण गाउँपालिकामा पालिका स्तरीय संघर्ष समिति पनि गठन गरेको छ । जस अन्तर्गत शान्तिनगरमा निम बहादुर नेपाली को अध्यक्षतामा १५ सदस्यीय राहत शिक्षक संघर्ष समिति गठन गरिएको छ जसको उपाध्यक्ष द्वयमा डम्बर छन्तेल र रमा बुढाथोकी, सचीव महेन्द्र कुमार शर्मा, सह सचिव गणेश ओलि र कोषाध्यक्षमा टीका राम ओलि त्यसै गरि बबई को अध्यक्षमा वीर बहादुर बि क, उपाध्यक्ष द्वयमा धर्म राज के सि र लक्ष्मी ओलि, सचिव नन्द लाल तिवारी , सह सचीव हुकुमा भण्डारी र कोषाध्यक्षमा शशी राम ओलि चयन भएका छन, भने दंगिशरणको अध्यक्षमा शुभाष ओलि, उपाध्यक्षमा लक्ष्मी हमाल, सह सचिव निम प्रसाद अधिकारी र कोषाध्यक्षमा भुम बहादुर खत्री लाई भेलाले चयन गरेको छ । भेलामा तिनै वटै पालिकाका राहत शिक्षकहरुको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन निम बहादुर नेपालीले गर्नु भएको थियो।