तुलसीपुर १ मा चारवटा टोल कमिटि गठन

तुलसीपुर,२६ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१ मा ४ वटा टोल कमिटि गठन गरिएको छ ।

तीन महिने जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत चारवटा टोल कमिटि निर्माण गरिएको सोही वडाको अभियान सहसंयोजक हरिश गिरीले बताए । उनका अनुसार २१ वटा टोलमध्ये चारवटा टोलको कमिटि निर्माण गरिएको भन्दै बाँकी टोलको कमिटि निर्माणको प्रक्रिया अघि बढेको छ ।


विहीबार मात्रै वडा नं. १ स्थित सिसाखानी टोलमा प्रेम विकको अध्यक्षतामा टोल कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा भिमी राणा, सचिबमा अस्मिता विक र कोषाध्यक्षमा ध्रुब खत्रीलाई चयन गरिएको छ । सोही वडामा १३ सदस्यीय टोल कमिटि गठन गरिएको हो ।

अभियानका सहसंयोजक गिरीको प्रमुख आतिथ्यता तथा पार्टीका नगर कमिटि सदस्य तथा वडा इञ्चार्ज हुमकान्त सापकोटाको बिशिष्ट आतिथ्यमा कार्यक्रम गरि कमिटि गठन गरिएको हो । कार्यक्रमको सहजीकरण नगर कमिटि सदस्य दीपक बोहराले गरेका थिए ।