अखिल क्रान्तिकारीको कार्यविधिप्रति लुम्बिनीका १० जिल्ला ईञ्चार्जहरुको आपत्ति

दाङ
९ असोज / माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ कार्यविधिप्रति लुम्बिनी प्रदेशका १० जिल्लाका ईञ्चार्जहरुले आपत्ति जनाएका छन् । जिल्ला, प्रदेश तथा केन्द्रीय सम्मेलनहरु नजिकिदै गरेको अबस्थामा असोज ४ गते बसेको संगठनको केन्द्रीय कार्यालयको बैठकले प्रदेश सम्मेलन कार्यविधि २०७८ जारी गरेको भन्दै उक्त कार्यविधिप्रति असहमति रहेको दाङ जिल्ला ईञ्चार्ज सन्तोष पोखरेलले बताउनुभयो ।

केन्द्रीय अध्यक्षलाई असहमति दर्ज गरेर चिठि लेख्दै उनीहरुले भनेका छन्‘संगठनका जिल्ला सम्मेलन, प्रदेश सम्मेलन हुँदै राष्ट्रिय सम्मेलनका मितिहरु नजिकिदै गर्दा एकाएक प्रदेश सम्मेलनको कार्यक्रम स्थगित गरेर २०७८ असोज ४ गते संगठनको केन्द्रीय कार्यालयको बैठकले प्रदेश सम्मेलन कार्यविधि २०७८ जारी भएकाले कार्यविधिप्रति हाम्रो असहमति रहेको उक्त कार्यविधिले संगठनको गतिशिलता रोक्न खोज्ने, मनसाय र नयाँ नेतृत्व स्थापित गर्ने सृङ्खलालाई बन्देज गर्ने कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको हो ।’


साथै उनीहरुले उक्त कार्यविधिलाई तत्काल खारेज गरि संगठनलाई गतिशिल बनाउन अनुरोध समेत गरेका छन् । दाङका ईञ्चार्ज सन्तोष पोखरेल, बाँकेका इञ्चार्ज भिमराज खरेल, गुल्मीका इञ्चार्ज राजेन्द्र विष्ट,बर्दियाका इञ्चार्ज निमराज खनाल, रोल्पाका इञ्चार्ज सुमित कुमार राणा, नवलपरासी पश्चिमका इञ्चार्ज अमित खड्का,रुकुम पूर्वका इञ्चार्ज रुपेन्द्र मल्ल, पाल्पाका इञ्चार्ज अम्बिका परियार प्यूठानका इञ्चार्ज गोपाल घर्तीले असहमति दर्ज गरेका हुन् ।
यसैबीच दाङमा अखिल क्रान्तिकारीको लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलन भएको छ । सम्मेलनको पार्टीका प्रबक्ता कृष्णबहादुर महराले गर्नुभएको थियो । त्यस अवसरमा उनले पार्टी भित्रको गुट–उपगुटबाट नेतृत्व आजित भएको भन्दै यसको अन्त्य गर्न लागिपरेको बताउनुभयो । उहाँले २०६४ सालको जस्तै पार्टी बनाउन सबै युवा तथा विद्यार्थीहरु एकजुट सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने समेत बताउनुभयो ।

साथै उनले नेपाललाई टेकेर चीन घेर्ने रणनीति अन्तर्गत एमसीसी आएको भन्दै एमसीसीको प्रक्रिया बढाउँदा आर्थिक सहयोगको विषयमा मात्र राखिएकोमा अहिले अमेरिकाले सैन्य गठबन्धनमा रूपान्तरण गरेको उहाँको भनाई छ ।