काँग्रेस दंगीशरणको सभापतिमा शम्भु गिरी विजयी

तुलसीपुर
९ असोज /नेपाली काँग्रेस दंगीशरणको सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् । पूर्वमन्त्री दिपक गिरी निकट शभ्मुले ७६ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी हर्कबहादुर बुढाथोकीले ४३ मत प्राप्त गरेका थिए । सभापतिमा दूई म बदर भएको थियो ।


उपसभपति पदमा पनि गिरी प्यानलकै गिरिराज न्यौंपानेले ८० मत र दूर्गाबहादुर बोहरा ७१ मत प्राप्त गरि बिजयी भएका छन् । सचिबमा गिरी प्यानलकै ओपेन्द्रराज शर्मा ७० मत र बामदेब बिष्ट ६४ मत, सहसचिबमा गिरी प्यानलकै टोपबहादुर खड्का ७१ र डम्मर वली (बिक्रम) ६६ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।