तुलसीपुरमा उपमेयरका को कस्ता उम्मेदवार ?

दीपक बोहरा
तुलसीपुर, २७ वैशाख ।
तुलसीपुरमा उपमेयरमा पनि सत्तापक्ष गठबन्धन र एमालेबीच नै कडाप्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनले एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राणालाई उम्मेदवार बनाएको छ, भने एमालेले स्यानी चौधरीलाई उम्मेदवार बनाएको छ । राणा कम्युनिष्ट आन्दोलनका पूराना नेता हुन् । सादगी तथा इमान्दार छबि बनाएका राणाले गठबन्धनले इमान्दारपूर्वक भोट दिएमा जित्ने देखिन्छ । तर, एमालेले गठबन्धनको अन्तरविरोधमा खेलेर आफ्नो पोल्टामा पार्न खोजेको देखिन्छ । त्यसो गर्दा स्यानी चौधरीलाई महिला र चौधरी समुदायको सहानुभूतिको मत जान सक्ने देखिन्छ । चौधरी राजनीतिक रुपमा त्यति सक्रिय भएर नलागेको ब्यक्ती हुन्, तर, लामो समय सामाजिक क्षेत्रमा सक्रिय थिइन । राजनीतिक रुपमा परिपक्क मतदाताले रानालाई मतदिन सक्ने देखिन्छ । राजनीति नै निस्वार्थ समाजसेवा भएकाले सामाजिक रुपमा दुबैको उत्तिकै योग्दान रहेको विश्लेषकहरु बताउछन् । अर्कोतर्फ विप्लव नेकपाको समर्थित स्वतन्त्र उम्मेदवार खेमराज वलीले पनि केही मत ल्याउने देखिन्छ । खासगरि उनी खानेपानी क्षेत्रमा लामो समय काम गरेका ब्यक्ती हुन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको लामो समय अध्यक्ष भएर काम गरेका वलीले केही मत तान्न सक्ने आँकलन गर्न थालिएको छ । उनले प्रायः एमालेका मत तान्ने र त्यसले स्यानीलाई असर गर्न सक्ने देखिन्छ ।

को हुन्, जोगबहादुर ?

बुवा वलराम राना र आमा छविदेवी राखाका सुपुत्र जोगवहादुर राना विसं २०२० शालमा खाद्रे वनहरीमा जन्मे, उहि कखरा सिके, कखरासंगै राजनिति पनि सिके । उनलाइ दिउसो कम्युनिष्ट नेता युवराज ज्ञवालीले पाठ्यपुस्तक पढाउंथे, राती राजनिति पढाउंथे । त्यहि प्रभावले उनी कम्युनिष्ट राजनितिमा जोडिए । खेल क्षेत्रमा जोडिए, अनि अहिले तुलसीपुर उपमहानगरपालिकामा उपमेयरको उम्मेदवारका रुपमा घरदैलो अभियानमा छन् ।

उनी जहा थिए, त्यहां कहिल्यै हारेनन् । सायद उनले अहिले पनि हार्ने छैनन् । उनीसंग नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरी अभिभावकका रुपमा छन्, मेयर पदका उम्मेदवार । ‘जनजातीको छोरो, लप्पन छप्पन छान्दैन, स्टेट फरवार्ड गो मेरो मिशन हो’, पत्रकारसंगको कुराकानीमा रानाले भने ।

प्रार्थमिक शिक्षा खाद्रे वनहरीबाट पुरा गरेका रानाले उच्च शिक्षा महेन्द्र हाइस्कुलबाट उत्तिर्ण गरे । आइए भारतको वनारसबाट उत्तिर्ण गरे । तर पनि उनी राजनितिक रुपमा खाद्रेमै प्रशिक्षित भैसकेका थिए, किनकि उनको पारीवारीक पृष्ठभुमि पनि कम्युनिष्ट शिक्षासंग जोडिएको छ ।

विसं २०३६शालको जनमत संग्रहमै उनी पर्चा पप्लेटिङ गर्ने हुनहार कार्यकर्ताका रुपमा चिनिन्थे । महेन्द्र हाइस्कुल एरीया देखि भोजपुर स्कुल सम्म उनको पर्चा छर्ने जिम्मेवारी थियो । त्यहि क्रममा उनी खारिएको कम्युनिष्ट बने । खासमा उनका राजनितिक गुरु गोपाल शाक्य र नेत्रलाल अभागि हुन् । उनीहरुकै बोलिको प्रभावले उनी कम्युनिष्ट पार्टिमा लागेको बताएका छन् । ‘मैले वाह्र बर्षकै उमेरमा कम्युनिष्ट शिक्षा लिएको थिएं । त्यसैले विसं २०३६शालको जनमत संग्रहमा उनी वहुदलको पक्षमा उत्रिए ।

त्यसो त उनी कम्युनिष्ट पार्टिको संगठित सदस्य भने विसं २०४७ शालमा मात्रै बने । त्यसपछि रानाको राजनितिक यात्रा सुरु भएको थियो । पार्टि भुमिगत हुने अवस्थामा उनको गाउ खाद्रे भुमिगत राजनिति गर्नेहरुकालागी उपयुक्त थलोजस्तै थियो । त्यहि कारण नेकपाका पोलिटव्युरो सदस्य गोपाल शाक्य लगायतका नेतालाइ उनकै गाउमा हप्तौंसम्म आश्रय दिइन्थ्यो । त्यहि क्रममा जोग वहादुरको राजनितिक जग बलियो बनेको थियो ।

मुलुकमा वहुदल आएपछि उनी विसं २०४८ शालमा युवा संघ दाङको अध्यक्ष बने । विसं २०५२ शालमा युवासंघको केन्द्रिय सदस्य बने अनि युवाहरुबीच लोकपृयय र अनुशाशित नेताका रुपमा स्थापित भए । त्यसपछि नेकपा माओवादी पनि खुल्ला राजनितिमा आएको समयमा उनी नेकपा एमालेको युुथफार्सको मध्यपश्चिम संयोजक समेत बने । अनि राजनितिलाइ निखार्दै लगे । सरकारी सुविधा उनले पाएको भनेको जिल्ला विकाश समितिको सदस्य हुंदा हो, अनि जिल्ला खेलकुद विकाश समिति र मध्यपश्चिम खेलकुद विकाश समितिको संयोजक पनि बने । तथापि उनको पछिल्लो गन्तव्य राजनितिनै बन्यो । जिल्ला खेलकुद विकाश समितिमा बक्सिङ प्रशिक्षकको जागीर छाडेर उनी एकाएक राजनितिमा जोडिए । किनकि उनको नसा जागिरमा भन्दा राजनितिमै थियो ।

यहि राजनितिक यात्राकै क्रममा उनी नेकपा एमालेको जिल्ला उपाध्यक्ष, जिल्ला सचिव लगायतका भुमिकामा पनि रहे । पार्टि विभाजनका वेला उनले केपि ओलिको हैकमवादलाइ स्वीकार गरेनन् । अनि नेकपा समाजवादीमै रहेर राजनितिक यात्रा सुरुआत गरे । ‘मेरो चाहना खेलकुदमा मात्रै सिमित रहेन, राजनितिमा हाम्फाल्न आतुर थिएं, त्यसैले राजनितिमा जाृडिइरहें’, जोगवहादुरले भने ।

एमाले छाड्नुपरेको सन्दर्भमा जोगवहादुरको एउटै अभिव्यक्ति थियो, मेरो माउपार्टि एमाले नत आफ्नै पार्टिको विधान मान्न तयार थियो, नत मुलुकको संविधान मान्ननै तयार, त्यसैले लोकतन्त्र र संघियता एवं संविधानको रक्षाकालागी एकिकृत समाजवादीमा लागें ।

राना खेल क्षेत्रका पनि अग्रज व्यक्तित्च भएकाले उनीसंग अनुशासन छ, राष्ट्रियता छ, अनि लोकतन्त्रको अनुूभुति पनि छ । त्यसैले माउपार्टि त्यागेर उनी राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षाकालागी एकिकृत समाजवादीमा लागेको बताए । उनै शरल र सादगी स्वभावका नेता गोग वहादुर राना आसन्न स्थानिय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार बनेका छन् । उनी विश्वस्त छन् कि गठवन्धनका उम्मेदवारहरुलाइ आम मतदाताले विजयी बनाउने छन् । किनकि यो स्थानिय तहको निर्वाचन पनि एउटा आन्दोलन हो, अधिनायकवादका विरुद्ध लोकतन्त्रको ।

को हुन्, स्यानी ?

‘बच्चाहरु सडकहरु हिडिरहेका हुन्छन् । भोक तिर्खाले उनीहरुको सीमा नाघी सकेको हुन्छ । के खाउ, के गरौं भइरहेको हुन्छ । नजिकै कुकुरले फालेको भात खाईरहेको हुन्छ, बच्चाहरु पनि त्यही भात खाँदै गरेका हुन्छन् ।’ यो दृष्य स्यानी चौधरीले देख्छिन् । अनि उनका आँखा रसाउछन्, र, सोच्छिन्, यस्ता बालबालिकाहरुलाई मैले पाल्छु । न त राज्यको सहयोग, न त अन्य कुनै निकायकै सहयोग लिइन । सिर्फ आफ्नै लगानीमा दिदी संघ संस्था दर्ता गरिन् । त्यस्ता बालिबालिकालाई आश्रय गर्ने ठाउँ दिईन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्रीगाउँ स्थित आफ्नै घरमा उनले उक्त संस्था सञ्चालनमा ल्याएर साहारा विहनी बनेका, सडकमा भौतारिएर हिड्ने बालबालिकालाई आश्रय दिदै आएकी छिन् ।

उनले आफ्नै कमाईबाट बालबालिकाहरुलाई पालन पोषण गर्न थालिन् ।‘मेरा छोराछोरी पनि छैनन्’,उनले भने‘तर, मलाई छोराछोरीको कुनै अभाबको महसुस उनीहरुले गर्न दिएका छैनन्, उनीहरुलाई नै छोराछोरी जसरी पालेकी छु ।’ उहिले उनीसंग ३० बालबालिका छन् । पहिले डुम्रीगाउँमा मात्रै उनीहरुलाई राख्ने गरेको भएपनि केही महिना अघिदेखि फुलवारीमा पनि शाखा विस्तार गरेकी छिन् ।

२०६१ सालमा उनले दिदी घर संस्था सञ्चालन गरेकी हुन् । २०६१ देखि २०७२ साल सम्म उच्च शिक्षा प्राप्त गर्न नसक्ने ४० जना गरिव विद्यार्थिहरुलाई आर्थिक सहयोग पनि गरिन । उनकै आर्थिक सहयोगमा पढेका विद्यार्थीहरु अहिले केही डीग्री पास पनि गरिसके । कोहीले लयर पढ्दैछन् । कोही जागिरे छन् । २०७३ सालदेखि उनले १० जना बालबालिकालाई राखेकी हुन् । उनले बालबालिकाहरुलाई पालन पोषणदेखि शिक्षा दिक्षा समेत दिने गरेकी छिन् । उनीहरुलाई पढाउनकालागि घरमै पनि शिक्षिका राखेकी छिन् ।

साहारा बनेकी‘स्यानी’

तुलसीपुर उपमहानगर वडा नम्बर १३ तुईखोलाका प्रेम चौधरीको आमामा आँखा नदेख्ने समस्या छ । बुवाको केही अत्तोपत्तो छैन् । प्रेमको बिद्यालय जाने उमेर भईसकेको थियो । उहाँ ६ बर्ष पुगिसक्नु भएको थियो । तर बिद्यालय जान त के खान,बस्नको समेत टुंगो थिएन् । त्यसपछि उहाँको यस्तो अबस्था देखेर तुलसीपुरको दिदीघर संस्थाले पढाउने जिम्मा लियो । अहिले नियमित बिद्यालय गईरहेका उहाँको एउटा मात्रै सपना छ, पढेर आँखाको डाक्टर बन्ने ।


आमा दृष्टिबिहिन हुनुहुन्छ त्यसैले पनि प्रेममा आँखाको डाक्टर बन्ने तीब्र ईच्छा जागेको छ । ‘यस्तै कति आमाहरुको आँखा नदेख्दा घरबार नै बिग्रिएको होला’ उनले भने ‘त्यसैले यस्तै आँखा नदेख्नेहरुको उपचार गरेर सुनौलो संसार देखाउने मेरो लक्ष्य छ ।’

यस्तै लक्ष्य बोकेकी छिन् तुलसीपुर ११ की मञ्जु चौधरीले पनि । ६ बर्षकी उनले यो भन्दा अगाडि न त बिद्यालय देखेकी थिइन, न त न त पेटभरि खान नै पाएकी थिईन् । तर उनको जिम्मा दिदीघर संस्थाले लिएपछि अहिले उहाँले डाक्टर बन्ने लक्ष्य लिएर नियमित बिद्यालय जाने गरेकी छिन् ।

त्यस्तै सुनौलो भबिष्य देखेकी छिन्, तुलसीपुर १० पड्ढाकी अञ्जना चौधरीले पनि । उक्त संस्था उनीहरुकालागि एउटा भगवान साबित भएको छ ।

कुनै समय सडक बालबालिकाको रुपमा हिडिरहेका उहाँहरुलाई दिदीघर संस्थाले उनीहरुको शिक्षा र पालनपोषणको जिम्मा लिएको छ । घर नभएका तथा आफन्त नभएकाहरुलाई शिक्षा दिक्षा दिएर ठुलो मान्छे बनाउने संस्थाको लक्ष्य रहेको अध्यक्ष श्यानी चौधरीले बताईन । अहिले आफ्नै सन्तान जसरी ती बालबालिकालाई माया दिईरहेको उनले बताईन ।‘उनीहरुलाई आफ्नै सन्तान जसरी माया दिएर राखेकी छु’ उनले भनिन्‘उनीहरुलाई भबिष्यमा ठूलो मान्छे बनाउने मेरो लक्ष्य छ ।’ चौधरी समुदायका बालबालिकालाई त्यहाँ राखेर पालनपोषण गरिदै आएको छ । ति बालबालिकाहरुलाई साँझ बिहान संस्थामै पढाउने वातावरण पनि बनाएको अध्यक्ष चौधरीले बताईन ।

बिद्यालय मात्रै पढेर नहुँने भन्दै उनले साँझ बिहान पढाउनका लागि संस्थामा शिक्षिका पनि राखेको उनले बताईन । यस अघि पनि आर्थिक अभाब भएका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै आएकी उनले चालु शैक्षिकशत्र २०७५ को बैशाख देखि ६ जना बालबालिकालाई राखेर पठन पाठन गराउँदै आएकी छिन् । २०६१ देखि संस्थाले पिछडिएका, गरिब तथा शाहारा बिहिन बनेका बिद्यार्थीहरुको भबिष्य उज्ज्वल बनाउँदै आएको छ । संस्थाले अहिले पनि दाङका तीन सय भन्दा बढि बालबालिकालाई सहयोग गर्दै आएकी छिन् ।

स्यानीको पहलमा लयर पढ्दै

पढ्ने चाहाना हुन्छ, तर घरको आर्थिक अबस्थाले धान्दैन र बीचमै पढाई छोड्नु पर्ने बाध्यता हुन्छ । गरीबिले घेरेको हाम्रो समाजको एउटा बाध्यता हो । पढाईमा दख्खल हुनेहरु पनि आर्थिक अभाबकै कारण पढाईबाट बञ्चित हुनुपर्छ । तर, कतिपय अबस्था यस्तो भईदिन्छ ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ लमही नगरपालिका वडा नं. ९ अमिलिया निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो ।

घरको अबस्था निकै कमजोर थियो । घरबाट उनको पढाई खर्च जुटाउन हम्मे–हम्मे पर्छ । तर, पनि उनले ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उनले ‘कानुन’ विषय पढिरहेकी छिन् । “मेरो घरको आर्थिक अबस्था निकै कमजोर छ, घरबाट पढाउन सक्ने अबस्था छैन्”, उनले भनिन्“तर, मैले इच्छा राखेपछि घरबाट जसरी पनि पढाउने बचन दिएपछि अहिले मैले कानुन विषय पढिरहेकी छु ।”

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित मेट्रो कलेजमा कानुन विषयमा स्नातक(विएएलएलवी) पढाई सुरु भएपछि अहिले उहाँ त्यही पढिरहेकी छिन् । उहाँको एउटै इच्छा छ अधिबक्ता(लयर) बन्ने । “सकेसम्म न्यायाधीश बन्ने इच्छा हो”, उनले भनिन् “यदि त्यो सकिएन भनेपनि अधिबक्ता बन्ने ठूलो धोको हो ।”

तुलसीपुर ११ निवासी सरु चौधरीको पनि घरको आर्थिक अबस्था कम्जोर नै हो । उहाँलाई घरबाट पढाई खर्च पु¥याउन हम्मे–हम्मे पर्छ । तर, उनको इच्छा कानुन विषय पढ्नै रह्यो र घरपरिवारले पनि समर्थन गरेपछि अहिले उहाँले कानुन विषय पढिरहेकी छिन् ।

दाङ थारु समुदायको बाहुल्यता भएको जिल्ला हो । तर, दाङमै कानुन विषय पढेका महिलाहरु विरलै छन् । यसले पनि उहाँहरुलाई कानुन विषय पढ्ने कुराले झक्झक्यायो ।“ कानुन पढेका थारु समुदायका महिलाहरु त थुप्रै हुनुहुन्छ”, सरुले भनिन्“तर, मािलहरु विरलै भएकाले पनि हामीले कानुन विषय पढ्ने इच्छा राखेका हौं ।” कानुन विषय पढ्न चारलाखको हाराहारीमा खर्च लाग्छ ।

सारथी बनेको दिदी घर

जिल्लामा कानुन विषय पढेका महिलाहरुको संख्या विरलै छ । त्यसैले महिलाहरुले पनि कानुन पढ्नु पर्छ भनेर नै आफूले सहयोग गरेको दिदी घर संस्थाका अध्यक्ष स्यानी चौधरीले बताईन् । आफ्नै पहलमा उनीहरुलाई कानुन पढ्न लगाएको र पढाईकालागि नियमित सहयोग गरिरहेको उनले बताईन् । चौधरीका अनुसार मासिक २÷२ हजार रुपैँया सहयोग गर्ने गरेको उनको भनाई छ ।

स्यानीका संघर्ष पनि कम्ता छैनन्

थारु समुदायकी डिग्री पास गरेकी एउटी महिला हुन्, स्यानी । पढाई जीवनका उनका संघर्ष पनि कम छैनन् । उनको घर पहिले फुलवारी हो । त्यहाँ विद्यालय थिएनन् । त्यसैले उनी पढ्नकालागि उरहरी आउनु पथ्र्यो । उरहरी आउँदा बर्षादको बबईको भेल तर्नु पथ्र्यो । कहिले काही डुँगा हुन्थ्यो । यदि डुंगा नभएको अबस्थामा उनी आफै पनि पौडी खेलेर वारपार गर्थिन ।

त्यसमा पनि छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो । त्यस्तो समाजबाट पनि उनले त्यतिबेला कक्षा लिईन । तर, निकै कठीन संघर्ष गरेर ।‘केटी मान्छेले पढ्नु हुँदैन भन्ने मन्यता थियो’,उनले भनिन्‘त्यसपछि म आफै केटाको भेषमा आएपछि मात्रै विद्यालय प्रवेश गर्न पाउथे ।’ थारु समुदायमा ब्याप्त कमैया, कम्लहरी प्रथा थियो । ति कुसस्ंकारलाई कम गर्न स्यानीले निकै योग्दान गरेकी छिन् । पिछडिएको थारु समुदायमा जन्मिएकी छोरीलाई घरायसी काममा मात्र सिमित राख्ने र अर्काको घरमा जाने जात भन्दै पढ्न समेत बञ्चित भएको थारु महिलाहरुको लागि पनि हौसला, उत्साह, जोसजागर दिने काम गदै आएकी छिन । साभारः अग्रिम साप्ताहिक