कर कार्यालय तुलसीपुरका कर अधिकृत २६ लाख नगदसहित पक्राउ

तुलसीपुर, २५ भदौ । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले २६ लाख नगद रुपैयाँसहित पक्राउ गरिएको छ । बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार नेपालगन्ज विमानस्थलबाट उनलाई पक्राउ गरिएको छ । स्रोत पहिचान नभएको उक्त रकम बोकेर हिडेको सूचना पाएपछि नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई सोमबार बिहान नियन्त्रणमा लिएको थियो ।

विमानस्थल प्रहरी स्रोतकाअनुसार उनी बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगन्जबाट काठमाडौं जाने तयारीमा थिए ।
चेकजाँचको क्रममा अधिकृत सापकोटा र दिपक पौडेलसँग नेपाली रु. २६ लाख रुपैयाँ बरामद भएको हो ।


अर्को अधिकृत पौडेल भने फरार भएको बाँके प्रहरीले जनाएको छ । उनको खोजीको लागि अहिले विमानस्थल क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

पक्राउ परेका सापकोटालाई अहिले जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।