जलाधार ब्यवस्थापनको समन्वयकारी अनुगमन

सुशील बस्नेत
दाङ, ३० असार ।
दाङमा जलाधार ब्यवस्थापनको क्षेत्रमा सम्पन्न आयोजनाको अनुगमन गरिएका छन् । सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला पक्षको संयुक्त प्रतिनिधिले भु तथा जलाधार ब्यवस्थापन कार्यालय तुलसीपुरले दाङको देउखुरीका विभिन्न स्थानमा आर्थिक बर्ष २०७९/ ८० मा सम्पन्न जलाधार ब्यवस्थापन सम्बन्धि कार्यक्रम अन्तरगत सिमसार ब्यवस्थापन सम्बन्धि संरक्षण पोखरी निर्माण र खोला कटान तथा खोला नियन्त्रण संरक्षणको अनुगमन गरिएको हो ।
लमही ९ देउपुर, गढवा –५ बाकीको खानेपानी तथा गाउँ संरक्षण र गढवा गाउँपालिका –४ मगरौटा, गढवा – ३ को सिमसार ब्यवस्थापनको अनुगमन गरिएको छ ।
लमही नगरपालिका वडा नम्वर ६ देउपुरको सिमसार तथा संरक्षण पोखरी निर्माणबाट ५ सय घरधुरी लाभान्वित हुने भएका छन् । कुल लागत १६ लाखमा पानी रिचार्ज हुने,आयआर्जन गर्न सकिने,पर्यापर्टनको विकास हुने र ५ सय घरधुरीलाई रोजगारी सृजना हुने लक्ष्य राखिएको छ ।
गढवा गाँउपालिका वडा नम्वर ५,बाँकी देउखुरीमा नदी तथा खोला किनारा ब्यबस्थापन गरिएको छ । ३८ लाख ९३ हजार १ सय २७ रुपैयाको लागतमा सम्पन्न योजनाबाट ४ सय घरधुरी लाभान्वित हुने छन् । यसबाट ५ सय बिगाह जग्गा संरक्षण हुने, १ हजार ३ सय ४७ घरधुरीको रोजगारी श्रृजना हुने, खोला कटान नियन्त्रण हुने र डुवानबाट घर जग्गा संरक्षण हुने भू तथा जलाधार ब्यबस्थापन कार्यालय तुलसीपुरका प्रमुख शेषदत्त चौधरीले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल के.सी.,प्रदेश सभासदस्य अनुराग खडका,सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुन, समन्वय अधिकारी, प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधि लगायतको समन्वयकारी अनुगमन र वर पिपल प्रजातिको बृक्षारोपन कार्यक्रम सम्पन्न भएका थिए ।
चौधरीका अनुसार नदी तथा खोला किनारा संरक्षण आयोजना गढवा गाँउपालिका वडा नम्वर ४ मगरौटामा सम्पन्न भएको छ ।
१७ लाख ८८ हजार २ सय ५४ रुपैयाको लागतमा सम्पन्न उक्त आयोजनाबाट २ सय ९२ घरधुरी लाभान्वित हुने छन् । यो योजनाले सडक पाखो संरक्षण,१० बिगाह क्षेत्र संरक्षित,खेती योग्य जमिन कटान,डुवानबाट संरक्षण र २ हजार २१ घरधुरीले रोजगार प्राप्त गर्ने छन् ।
उक्त कार्यालयले आर्थिक वर्ष २०७९/८० तेस्रो चौमासिक तथा बार्षिक प्रगति प्रतिबेदनमा २८ वटा बिभिन्न योजना ६ करोड ८५ लाख ७६ हजार ७ सय ३६ रुपैया बराबरमा सम्पन्न गरेको जनाएको छ ।
यसैबिच, भु तथा जलाधार ब्यबस्थापन कार्यालय तुलसीपुरले लमहीमा आर्थिक बर्ष २०७९/८० मा सम्पन्न गरिएका योजनाका बिषयमा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरेको छ ।


लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको अध्यक्षता एवम लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल के.सी.को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
उक्त अवसरमा प्रदेश सभासदस्य अनुराग खड्का दाङका सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुन, सामुदायिक बन महासंघ दाङका अध्यक्ष हरि भुषाल,पत्रकार केपी घिमिरे लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण भु तथा जलाधार ब्यबस्थापन कार्यालय तुलसीपुरका नायव सुब्बा निमकान्त आचार्यले गर्नुभएको थियो ।