मन्त्री मास्कीद्वारा पाल्पा दरवारको अवलोकन

देउखुरी,२८ असार ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले पाल्पा दरबार संग्रहालयको अवलोकन गरेका छन् । संग्रहालयमा रहेको मगर, थारुलगायतको अवलोकन गरेका हुन् ।

प्रदेश सरकार मातहत रहेको उक्त संग्रहालयलाई थप ब्यबस्थित गर्नकालागि प्रत्येक वर्ष प्रदेश सरकारले बजेट ब्यबस्था गर्ने गरेको मन्त्री मास्कीले बताए । संग्रालयमा परम्परागत सामग्री, रहनसहन राखिने भएकाले त्यसले पुर्खालाई नयाँ पुस्ताले पनि अध्ययन गर्ने पाउने उनको भनाई छ ।


संग्रहालयमा प्रवेश शुल्क विद्यार्थीलाई रू.५, स्वदेशी नागरिकलाई रू.१५, सार्क देशका नागरिकका लागि रू.५० र अन्य विदेशी नागरिकका लागि रू.१०० लाग्छ । क्यामरा शुल्क नेपालीका लागि रू.२५, सार्कका लागि रू.५० र अन्य देशका नागरिकका लागि रू.१०० कायम गरिएको छ ।

संग्रहालय बुधबारदेखि आइतबारसम्म बिहान १० बजेदेखि ४ः३० सम्म र सोमबार बिहान १० बजेदेखि २ः३० सम्म संग्रहालय खुल्नेछ । मङ्गलबार भने बन्द रहने गरेको छ ।