दाङमा अम्बा टिप्ने क्रममा घरको छतबाट खसेर एक जनाको मृत्यु

दाङ,११ वैशाख ।
दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार राजपुर गाउँपालिका ४ दुलैया बस्ने ४२ वर्षिय राजु भण्डारीको घरको छतबाट खसेर मृत्यु भएको हो ।


भण्डारी अम्बा टिप्ने क्रममा घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएको थियो । उहाँको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।