आगलागी पीडितलाई किटनासक झुल

तुलसीपुर,१२ जेठ । दाङ देउखुरी स्थित आगलागी पीडितलाई किटनासक झुल वितरण गरिएको छ ।

नेपाल पंक्षी संरक्षण संघको सहयोगमा पर्याबरणीय दिगो बिकास एवंम अनुसन्धान केन्द्रले राजपुर गाउँपालिका ७ हाटबासमा किटनासक झुल वितरण गरेको हो ।


त्यहाँ ५३ वटा किटनासक झुल वितरण गरिएको केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतल बताए । आगलागी पीडितलाई कुनै पनि रोग नलागेस्, भने उक्त झुल वितरण गरिएको स्थानीय राहत वितरणका सचिव लोक वहादुर भण्डारीले बताए ।

त्यस अवसरमा नेकपा माओबादी केन्द्र लुम्बिनि प्रदेश सदस्य नवीन कवरले धन्यवाद ज्ञापन गरेका थिए, भने सचिब माओवादी केन्द्र तुलसीपुर नगर उपाध्यक्ष तुलाराम भण्डारीले गरेका थिए । हाडबासका २४ घरधुरी आगलागीले नष्ट भएका छन् । त्यहाँ घर टहरा निर्माणको काम भइरहेको छ ।