
दीपक बाेहरा
तुलसीपुर, २७ भदाै ।
दाङको तुलसीपुर कारागारबाट भागेका ७२ जना कैदीलाई पुनः पक्राउ गरिएको छ। कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालका अनुसार जेनजीकाे आन्दाेलनका क्रममा भागेका २५३ कैदी मध्ये ७२ जना कैदीलाई पुन: पक्राउ गरिएकाे हाे । ती मध्ये केही आफै सम्पर्कमा आएका हुन्, भने केहीलाई सुरक्षाकर्मीले पक्राउ गरेकाे प्रमुख सेजुवालकाे भनाई छ ।
भाग्नेहरू सबै पुरुष कैदी रहेका छन्। कारागारमा जम्मा ४६९ कैदी हुन् तीमध्ये महिला कैदीहरु भने भागेका छैनन् । कैदीहरूले आफैँ तोडफोड गरी भागेका हुन्। सेनाले हवाई फायर गर्दा गर्दै पनि उनीहरू भाग्न सफल भएका हुन्।



लाइभदाङ । २७ भाद्र २०८२, शुक्रबार १५:०६ बजे