विदा लिएर अमेरिका जाँदै उपकुलपति भण्डारी

दाङ
८ असोज / राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपति प्रा.डा. संगीता भण्डारीको कार्यकाल सकिन थालेको छ । प्रतिष्ठानको आउदै गरेको असोज १२ गतेको बार्षिकोत्सब मनाएर उपकुलपति भण्डारी लामो बिदा लिएर अमेरिका जान लाग्नु भएको हो । २०७४ मंसिर २७ गते नियुक्त हुनुभएकी उपकुलपति भण्डारीले आफ्नो कार्यकालमा प्रतिष्ठाको बलियो फाउण्डेसन तयार गर्नु भएको छ ।

तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तरणपछि उपकुलपति भण्डारीले प्रतीष्ठानको भौतिक पुर्बाधारसहित अस्पतालको स्वास्थ्य सेवा प्रभाबकारी बनाउन विशेषज्ञ चिकित्सक ल्याउनेदेखि अस्पतालमा अत्याधुनिक उपकरण ल्याइ सेवा प्रबाहलाई थप चुस्तदुरुस्त पारेर बलियो जग निर्माणमा महत्वपुर्ण भुमिका निर्बाह गर्नु भएको छ । भण्डारीको कार्यकालमा अस्पतालको स्वास्थ्य सेवा सुधारदेखी दक्ष जनशक्तिको उचित ब्यबस्थापन गरेर सेवा प्रबाहलाइ उहाले प्राथमिकता दिनुभयो ।

उपकुलपति भण्डारीको कार्यकालमा प्रतीष्ठानमा १२८ स्लाइसको सिटि स्क्यान जडान गरिएको छ भने १.५ को एमआरआइ ल्याउने अन्तिम चरणमा पुगेको छ । त्यतिमात्रै होइन उहाँकै कार्यकालमा प्रतीष्ठानमा १० बेडको आइसियु सन्चालनमा आएको छ भने ४ वटा नयाँ अप्रेसन गर्ने ओटि सन्चालनमा ल्याइएको छ । प्रतीष्ठानको अध्ययन अनुसन्धानसंगै शैक्षिक कार्यक्रमसहित अस्पतालको थप भौतिक पुर्बाधार निर्माणका लागि आबश्यक जग्गा प्राप्ती अन्तिम चरणमा पुगेको उपकुलपति भण्डारीले बताउनु भयो ।


अत्याधुनिक प्रयोगशाला सन्चालनदेखि थप १५ बेडको आइसियु सन्चालनको तयारीमा आफ्नै कार्यकालमा सुरु भएको उहाको भनाइ छ । कोभीड चेकजाँचका लागि पिसिआर मेसिन ल्याइ सन्चालन पनि उहाँकै कार्यकालमा भएको हो । कोभीडको समयमा ज्यानको कुनै प्रबाह नगरि फ्रन्टलाइनमा रहि बिरामिको उपचार र सेवामा खटिएका धेरै चिकित्सकहरु भण्डारीको कार्यकालमा अवार्ड प्राप्त गर्न सफल भएका छन । भण्डारीले आफै पनि कोभीडको महामारीमा उत्कृष्ट कार्य गरेबाफत रास्ट्रपतिबाट अवार्ड प्राप्त गर्न सफल हुनु भएको थियो ।

आउदै गरेको मंसिर २७ गते कार्यकाल सकिदै रहनु भएकि उपकुलपति भण्डारी आफ्नो जिम्मेवारी काम सकेर अन्य अधिकार प्राप्त पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरि लामो बिदामा अमेरिका जान लागेको जानकारी दिनुभयो । अमेरिकाबाट फर्किसकेपछि बिदाइ लिएर आफ्नो पुर्बवत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा फर्कने उहाँको योजना रहेको छ । प्रतिष्ठान कसरी अगाडि बढ्छ भन्ने बारेमा उपकुलपति भण्डारीले भन्नुभयो सक्षम ब्यक्तिहरु यसै प्रतीष्ठानमा रहेका छन, स्वाभाबिकरुपमा शिक्षाध्यक्ष डा. बसन्त लामिछाने नेतृत्व समहाल्न योग्य र सक्षम हुनुहुन्छ र दोस्रो बरियताको शिक्षाध्यक्षले(उपकुलपती) नेतृत्वमा दाबेदारी हुने स्वाभाविक नै रहेको छ । कुलपतिबाट उपकुलपतिको बिदा समेत स्विकृत भइसकेको पुष्ट्रि प्रतिष्ठान प्रशासनले जनाएको छ ।

हाल प्रतीष्ठानमा उपकुलपति भण्डारीको पालामा सिटि स्क्यान, एमआरआइ, आइसियु, अक्सिजन प्लान्ट, वार्डको भबनहरु बिस्तार गर्नुका साथै मेडिकल कलेजलाइ आबश्यक ३ सय बेडको पुर्ण शैक्षिक कार्यक्रमको लक्ष्य राखिएको छ । साथै हालै सम्पन्न प्रतीष्ठानको सिनेटबाट अत्याधुनिक ४ सय सैयाको अस्पताल बनाउने पास भएको छ भने कर्मचारी नियमावलि लोकसेवाको अनुरुप अघि बढाउने प्रतिष्ठान सिनेटबाट पास भएको छ । कोभीडको महामारीमा कोभीड म्यानेजमेन्टसंगै बिरामीको उपचार र सेवामा प्रतिष्ठानले राम्रो योगदान समेत गरेको छ ।