
दंगीशरण, १९ असार ।
‘सहकारीको दिगोपना,स्वनियम र शुसासन’ भन्ने मुल उदेश्यका साथ दंगीशरण गाउपालिकाको आर्थिक सहयोग तथा जिल्ला सहकारी संघ दाङको सहजीकरणमा सहकारी लेखा ब्यबस्थापन सम्बन्धि ५ दिने तालिमको सोमबार एक कार्यक्रमकाबिच समापन गरीएको छ ।
जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमको अध्यक्षता दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईको बिशिस्ट आथित्यतामा ५ दिने तालिमको समापन गरीएको हो ।
समापन कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले सहकारीहरु ब्यबस्थित तवरले सञ्चालन गरी जनताको सेवा प्रती जिम्मेवार बन्न सहकारीहरुलाई आग्रह गर्नुभयो । पछिल्लो समय सहकारीहरु रासायनिक मल बिक्री वितरण तर्फ मात्र केन्द्रित भएको प्रती दुःख ब्यक्त गर्दै अध्यक्ष गिरीले जनतामा सहकारीको उदेश्य मल वितरण गर्ने मात्र भन्ने धारणा बसेको प्रती चिन्ता ब्यक्त गर्नुभयो ।
जनताले बचत गरेको पैसाबाट सञ्चालित सहकारीलाई पार्दर्शी र मितब्ययिता तवरले अगाडी कसरी लग्ने भन्ने सवालमा सहकारीको लेखा प्रणालि चलाउने कर्मचारीलाई लेखा ब्यबस्थापन तालिमको आयोजा गरीएको अध्यक्ष गिरीले बताउनुभयो ।
कार्यक्रममै बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईले पार्दर्शी तवरले सहकारीहरु अगाडी बढ्नु पर्ने र प्रविधि सङ्ग जोडीनुको विकल्प नरहेको बताउनुभयो । सहकारीहरुको स्तर वृद्धिका लागी सहकारी संजाल विस्तारका लागी समेत पालिकाले आफ्नो सक्रियता बढाउने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमले सहकारी सस्थाको सस्थागत विकास र क्षमता अभिबृद्दीका लागी ५ दिने तालिम प्रभाबकारी हुने बताउनुभयो । नियमित रुपमा लेखा परीक्षण र नियमित रुपमा साधारणसभा गर्न नसके त्यस्ता सहकारी सस्थाको अनुगमन नियमन गर्ने सबै अधिकार स्थानिय तहलाई रहेको बताउनुभयो ।
दंगीशरण गाउँपालिकामा रहेका सहकारीको लेखा प्रणालिमा देखिएका समस्याको समाधान गर्न तालिमले सहयोग पुर्याउने बताउनुभयो । तालिममा दंगीशरण गाउँपालिकाभित्र रहेका २६ वटा सहकारी सस्थाका लेखा ब्यबस्थापकहरुको सहभागीता रहेकोथियो ।



लाइभदाङ । १९ असार २०८०, मंगलवार १२:२४ बजे