दंगीशरणमा सहकारी लेखा व्यवस्थापन सम्बन्धि ५ दिने तालिम शुरू

दंगीशरण १५ असार ।
“सहकारीको दिगोपना,स्वनियम र शुसासन”भन्ने मुल उदेश्यका साथ दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला सहकारी संघ दाङको सहजीकरणमा सहकारी लेखा ब्यबस्थापन सम्बन्धि ५ दिने तालिम बिहिबारदेखी दंगीशरण गाउँपालिकाको सिकाइकेन्द्र भवनमा शुरुभएकोछ ।

जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा ५ दिने तालिमको उद्घाटन गरीएको हो । उद्घाटन कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले २९ वटा सहकारी मध्य ४ वटा निष्क्रिय र २५ वटा सहकारी रहेको जानकारी गराउनुभयो ।

यस्तै अध्यक्ष गिरीले जनतामा सहकारीको उदेश्य मल वितरण गर्ने मात्र भन्ने धारणा बसेको प्रती दुःख ब्यक्त गर्नुभयो । जनताले बचत गरेको पैसाबाट सञ्चालित सहकारीलाई पार्दर्शी र मितब्ययिता तवरले अगाडी कसरी लग्ने भन्ने सवालमा सहकारीको लेखा प्रणाली चलाउने कर्मचारीलाई लेखा ब्यबस्थापन तालिमको आयोजा गरीएको अध्यक्ष गिरीले बताउनुभयो ।


कार्यक्रममै बोल्दै उपाध्यक्ष पिमा खड्काले सहकारीको सहि ब्यवस्थापनका लागी सहकारीहरुको नियमित अनुगमनको सोचमा रहेको बताउनुभयो । सहकारीको लेखा प्रणालिलाइ चुस्त राख्न ४ खाताको अवधरणा अगाडी सार्न सुझाब दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ दाङका सचिब सुक्रराज भण्डारीले सहकारी सस्थाको सस्थागत विकास र क्षमता अभिबृद्दीका लागी ५ दिने तालिम प्रभाबकारीहुने बताउनुभयो । नियमित रुपमा लेखा परीक्षण र नियमित रुपमा साधारणसभा गर्न नसके त्यस्ता सहकारी संस्थाको अनुगमन नियमन गर्ने सबै अधिकार स्थानिय तहलाई रहेको बताउनुभयो ।

दंगीशरण गाउँपालिकामा रहेका सहकारीको लेखा प्रणालीमा देखिएका समस्याको समाधान गर्न तालिमले सहयोग पुर्‍याउने बताउनुभयो । यस्तै सचिब भण्डारीले सस्था दर्ता गर्ने कुरा मात्र ठुलो कुरा नभइ सस्थालाई सु ब्यबस्थित तवरले अगाडी बढाउनु प्रमुख कुरा रहेको बताउनुभयो ।