
तुलसीपुर,९ असार ।
तुलसिपुर उपमहानगरपालिका वडा नं।५ को कार्यालयको आर्थिक सहयोग,अरनिको अपाङ्गता समावेशी स्वाबलम्बन समुहको सहआयोजना र अपाङ्ग सेवा संघ दाङको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुका लागि सामग्री वितरण कार्यक्रम आज तुलसिपुरमा सम्पन्न भयो ।
अरनिको अपाङ्गता समावशी स्वाबलम्बन समुह तुलसिपुर ५ का अध्यक्ष रामकुमारी घर्तीको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा नं।५ का वडा अध्यक्ष श्री विरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा २२ जनालाई सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि शाहले अपाङ्गता भएका व्यक्तिको दैनिक जीवनमा अत्यावश्यक सहायक सामग्रीहरु प्राप्त गरेपछि थोरै भए पनि मुहारमा उज्यालो ल्याउने र दैनिक जीवनयापनमा टेवा पुर्याउने मुख्य उद्देश्यका साथ यो कार्यक्रम गरिएको बताउनु भयो । शाहले बोल्ने क्रममा आगामी दिनहरुमा पनि वडा कार्यालयले समग्र अपाङ्गता भएका व्यक्तिहरु र वडाबासीको अभिभावकका रुपमा काम गर्ने बताउनु भयो ।
सो कर्यक्रममा वडा सदस्यहरु भिम बहादुर केसी,युवराज नेपाली,मधुमती सुनार,वडा सचिव सञ्जयराज गुप्ता,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजय कुमार शर्मा,अपाङ्ग सेवा संघ दाङका अध्यक्ष देवा डाँगी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका सदस्य डोटीराम कुवँरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सस्थाकी सचिब वसन्ती वलीले गरेकी थिईन् ।



लाइभदाङ । ९ असार २०८३, मंगलवार ०८:२१ बजे