रोल्पामा पोखरीमा डुबेर एक बालकको मृत्यु

रोल्पा, १५ असार ।
रोल्पामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रुन्टीगढि गाउँपालिका ९ टुनिबोट निवासी इन्द्र बहादुर घर्तिका ६ वर्षीय छोरा आमोस घर्ति रहेको जिल्ला प्रहरी कार्यालय राल्पाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बिहिबार दिउसो साढे ३ बजेको समयमा आफ्नै ४ वर्षीय बहिनी सँग खेल्ने क्रममा घर नजिकैको सिचाई पोखरीमा डुबेर उनको मृत्यु भएको हो ।


पोखरीमा डुबेर बालकको मृत्यु भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।