भारत कमाउन गएका खत्री १३ महिदेखि बेपत्ता, खोजि गरिदिन परिवारको आग्रह

दाङ, असोज ७ ।
दाङको बबई गाउँपालिका–७ डाँडागाउँका कमानबहादुर खत्री १३ महिनादेखि बेपत्ता रहनुभएको छ । २०७८ साल भदौ ४ गते भारतमा कमाउन जाने भन्दै घरबाट निस्कनुभएका खत्री आजसम्म परिवारको सम्पर्कमा हुनुहुँदैन ।

वर्षदिन पुग्दासमेत खत्री कुनै सम्पर्कमा आउन नसकेपछि अहिले घरपरिवार चिन्तित रहेको छ । खत्रीको खोजिका लागि उहाँकी श्रीमति लालमती खत्री जिल्ला प्रहरी कार्यालय दाङसहित महानगरीय प्रहरी परिसर काठमाडौंमा समेत पुगिसक्नुभएको छ ।

तर आजसम्म खत्रीको कुनै पत्तो हुन नसकेको उहाँकी श्रीमति लालमतीले बताउनुभयो । ‘उहाँको खोजिका लागि केके गरिन,’ लालमतीले भन्नुभयो, ‘सबै ठाउँ पुगिसकियो । धामी, झाँक्री कही पनि बाँकी छैन ।’


कमानबहादुर घरबाट भारतको गोवामा जाने भनेर किस्किएको लालमतीले जानकारी दिनुभयो । तुलसीपुरसम्म जाँदा सम्पर्क भएको र त्यसपछि कहाँ जानुभयो भन्ने पत्तो नभएको उहाँले बताउनुभयो ।

भारत पुगेपछि मोबाई किन्ने भन्दै कमानबहादुरले मोबाइलसमेत लग्नुभएको थिएन । घरको फोन नम्बर भने लग्नुभएको थियो । तर उहाँले आजसम्म कहिकतै सम्पर्क गर्नुभएको छैन ।

यदि कसैले भेटाएमा नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८१४०६३२४१, ९८१०९५२२०६ मा सम्पर्क गर्न परिवारले आग्रह गरेका छन् । ५१ वर्षीय खत्रीको गहुँगोरो छाला छ भने उचाई करिब ६ फिट रहेको छ ।