दंगीशरण गाउँपालिकाको बजेट ४३ करोड ६१ लाख ७० हजार

प्रमोद आचार्य
दंगीशरण,११ असार ।
दाङको दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागी प्रस्तुत बजेट आइतबार शभामा प्रस्तुत गरेकोछ ।आइतबार १५ औ गाउँसभाको दोस्रो बैठकमा पालिकाकी उपाध्यक्ष पिमा वलि खड्काले उक्त बजेट सभामा प्रस्तुत गर्नुभएको हो ।

“हाम्रो प्रण समुन्नत दंगीशरण” भन्ने मुल नाराका साथ पालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाइ जोड दिंदै आगामी आर्थिक वर्षका लागि ४३ करोड ६१ लाख ७० हजार बराबरको बजेट प्रस्तुत गरेको हो ।

जस अन्तर्गत चालु तर्फ २७ करोड ५३ लाख १८ हजार र पुँजीगत तर्फ १६ करोड ८५ लाख २ हजार बजेट विनियोजन भएको पालिकाका प्रबक्ता रमेश भण्डारीले जानकारी दिनुभएको छ।

जसमा प्रदेश सरकारबाट चालु खर्च ९७ लाख १४ हजार ,संघीय चालु खर्च १५ करोड ६४ लाख ८३ हजार र आन्तरिक स्रोत तर्फ १० करोड ९१ लाख ११ हजार गरी चालु खर्च तर्फ जम्मा २७ करोड ५३ लाख १८ हजार खर्च विनियोजन भएको हो ।


यस्तै पुजिगत खर्च तर्फ प्रदेश सरकारबाट १ करोड ९८ लाख ७४ हजार,संघीय पुजिगत तर्फ ११ करोड ८६ लाख १७ हजार,आन्तरिक स्रोत तर्फ २ करोड २३ लाख ७१ हजार गरी जम्मा पुजिगत खर्च तर्फ १६ करोड ८५ लाख २ हजार रकम प्रस्तुत गरेको हो । यसरी कुल ४३ करोड ६१ लाख ७० हजार बराबरको बजेट प्रस्तुत भएको हो ।

आगामी आर्थिक वर्षका लागि शिक्षा, युवा तथा खेलकुद तर्फ १ करोड ५४ लाख ३० हजार, स्वास्थ्य तर्फ ७५ लाख,२ हजार कृषि र पशु तर्फ १ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्च तर्फ ८ करोड १५ लाख १८ हजार विनियोजन गरीएको हो ।

यसै बिच आइतबार बसेको गाउँसभामा उपाध्यक्ष पिमा वलि खड्काले आर्थिक विधेयक २०८० र गाउँपालिका अध्यक्षले प्रस्तुत गर्नु भएको विनियोजन विधेयक सभामा पेश भएको हो ।

गाउँ सभाको बैठक पुन: आगामी असार १४ गते दिउँसो १ बजे बस्ने गरि स्थगित गरिएको छ ।