आफैले चलाएको मोटरसाईकल पल्टिदा २ जना घाइते

तुलसीपुर, १८ असोज ।
पश्चिम दाङमा आफैले चलाएको मोटरसाईकल पल्टिदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा चालक दंगीशरण गाउँपालिका–७ निबासी २७ बर्षका अनिल चौधरी र पछाडी सवारी सोही ठाउँ निबासी ३५ बर्षका छबिलाल चौधरी रहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

                         

घाइतेको तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुरबाट पश्चिम तर्फ गइरहेको रा ४ प ८०२० नम्बरको मोटरसाईकल बालापुरमा अनियन्त्रीत भएर पल्टिएको तुलसीपुरका ट्राफिक प्रमुख उत्तम जिसीले जानकारी दिनुभयो । दुर्घटना दिउँसो साढे तीन बजे भएको थियो ।