तुलसीपुर ३ बाट ६१ बढि माओवादी केन्द्रमा प्रवेश, मास्कीद्वारा स्वागत

तुलसीपुर, ३ मंसिर ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.३ आदर्शनगर टोलबाट ६१ जना भन्दा बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आईतबार भएको जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत भएको कार्यक्रममा सोही बराबरका युवा प्रवेश गरेका हुन् । नब प्रवेशीहरूलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका हुन् ।


त्यस अवसरमा मन्त्री मास्कीले आफू जनताकै मतले विजय भएकाले जनताकै हितमा काम गर्ने बताएका छन् । एमाले, काँग्रेसलगायतबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। हेमराज विकसहितको टोली प्रवेश गरेका हुन् ।