लुम्बिनी प्रदेश सरकारद्वारा विनियोजन विद्येयक प्रस्तुत

दीपक बोहरा
दाङ, १४ जेठ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विद्येयक २०८० प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आईतबार सभामा विद्येयक प्रस्तुत गरेका हुन् । आगामी आर्थिक बर्ष २०८०/०८१ को विनियोजन विद्येयक सभामा छलफल गरियोस्, भनि मन्त्री मास्कीले प्रस्तुत गरेका हुन् ।

प्रस्तुत विद्येयक माथि १५ जेठ सोमबार १२ बजे बस्ने बैठकमा छलफल हुनेछ । दीगो, फराकिलो एवं समावेशी आर्थिक बृद्धि हाँसिल गर्दै रोजगारी सिर्जना, संघीयताको सवलीकरण तथा सुशासन प्रबद्र्धन गर्ने गरि आगामी बजेट आउन लागेको मन्त्री मास्कीले बताएका छन् । उनले स्रोत साधनको परिचालनमा मितब्ययिता एवं प्रभाबकारीता कायम गर्ने तर्फ बजेट लक्षित हुने बताए ।


साथै उनले विकासको दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता राख्ने योजना छ । शिक्षा, स्वास्थ्य, सडक, सिंचाई, खानेपानी, उर्जा, भवन तथा शहरी विकास लगायतका क्षेत्रमा ठूला आयोजनालाई प्राथमिकतामा राखि गौरबका आयोजनाका रुपमा बिकास गर्ने बताए ।