
तुलसीपुर, २४ पुस । दाङको तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
तुलसीपुरको बसपार्कमा बुधबार दिउसो पौने२ बजेतिर ठक्कर दिदा तुलसीपुर–५ निवासी ३९ बर्षीया तिर्सना घर्ती मगरको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार बजारबाट बसपार्क भित्र जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिदा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार बसपार्क तल्लो पिपलबोट नजिकै बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिएको हो ।
प्रहरीले बसका चालक ४१ बर्षीय खिमराज वलीलाई नियन्त्रणमा लिएको छ ।



लाइभदाङ । २४ पुष २०८१, बुधबार १५:५६ बजे