किर्ते हस्ताक्षर गरेर नागरिकता बनाएको आरोपमा चार जना पक्राउ

दाङ, २ असार । दाङमा किर्ते हस्ताक्षर गरेर नागरिकता बनाएको आरोपमा ४ जना पक्राउ परेका छन् ।

वडा अध्यक्ष र वडा सचिव फरार रहेका छन् । पक्राउ पर्नेमा गढवाको राजपुर गाउँपालिका वडा नम्बर ५ का १८ बर्षिय विवेक बिकको नागरिकतामा किर्ते गरेको आरोपमा बिकका हजुरबुवा ५४ बर्षिय ज्ञानबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी राजन कुमार गौतमले बताउनुभयो ।

त्यसैगरि नागरिकता बनाउदा आबश्यक पर्ने सर्जिमिन कार्यमा संलग्न आमा सावित्रा कुमारी बिक, गौसरी बोहरा, दुधिमाया घर्ती र रमेश घर्ती रहेका छन् ।


त्यस्तै वडा अध्यक्ष टंकबहादुर बिष्ट र वडा सचिव सन्तोष भण्डारी फरार रहेका छन् । फरार वडा अध्यक्ष बिष्ट र सचिव भण्डारीको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।

गत जेठ २७ गते ईलाका प्रशासन कार्यालय लमहीमार्फत जिल्ला प्रहरी कार्यालयमा नागरिकता किर्ते सम्बन्धि मुद्धा दर्ता भएको उहाँले बताउनुभयो । उहाँका अनुसार मुद्धा दर्ता भएलगत्तै दोषीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरु माथि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।