
तुलसीपुर,१२ वैशाख । शिक्षामा एआई को प्रयोग सम्बन्धी एक दिने कार्यशाला दाङमा सम्पन्न भएको छ ।
नेसनल प्याव्सन दाङको आयोजना तथा एजुकेशन म्याटर्सको समन्वयमा एआई (कृतिम बौद्धिकता) उपयोगीता सम्बन्धि प्रशिक्षण शनिबार तुलसीपुरमा भएकाे हाे कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षक, प्राध्यापक, तथा एआई मा रुचि राख्ने व्यक्तिहरूको सहभागिता रहेको थियो ।
नेसनल प्याव्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि खड्काले शिक्षा क्षेत्रमा एआई महत्व रहेकाे बताए । उनले एआईलाई सही सदुपयाेग गर्न सके शिक्षा क्षेत्रमा थप फड्काे मार्न सकिने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि एजुकेशन म्याटर्सका सञ्चालक डिबि चिन्तनले सहभागीहरूलाई स्वागत गरेका थिए कार्यशालामा कृत्रिम बौद्धिकता (एआई) का विज्ञ होमराज खड्काले प्रशिक्षण दिएका थिए । एआईकाे अवधारणा, शिक्षामा यसका व्यावहारिक प्रयोगहरू तथा यसबाट आउन सक्ने चुनौतीहरूबारे प्रशिक्षण दिएका थिए ।



नेसनल प्याव्सन दाङका अध्यक्ष न्यौपानेले शिक्षकहरूले एआईको सदुपयोग कसरी गर्ने भन्नेबारे व्यवहारिक रूपमै प्रष्ट पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रमको सहजीकरण नेसनल प्याव्सन दाङका प्रवक्ता हरी प्रसाद भण्डारीले गरेका थिए, भने धन्यवाद ज्ञापन तुलसीपुर उपाध्यक्ष लाेकेन्द्र बहादुर खड्काले धन्यवाद ज्ञापन गरेका थिए ।
लाइभदाङ । १४ बैशाख २०८२, आईतवार ००:०८ बजे