निराश पाण्डे
शान्तिनगर, ५ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुबेदीले पार्टीले अहिले स्थानीय तहका प्रत्येक वडाहरुमा समिति गठन गर्ने र पार्टीले प्रारम्भिक निर्वाचन मार्फत समिती गठन गर्न लागेको बताउनु भएको छ।
आइतबार दाङको तुलसीपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय प्रशिक्षण विभाग सचिव सुबेदीले स्थानीय मुद्दा र जनसवालमा केन्द्रित हुन पार्टी सदस्यहरुलाई आग्रह समेत गर्नु भएको छ। दशैं मनाउन गृह जिल्ला दाङ आउनु भएका गत मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार समेत रहनु भएका सुबेदीले कुनै पनि विकास निर्माणका सवालमा राजनीति गर्न नहुने भन्दै सबै एक जुट हुनुपर्ने बताउनु भएको छ।
साथै उहाँले तुलसीपुर घोराहीको चारलेन सडक समयमै बन्नुपर्ने आवाज पहिल्यै देखिनै उठाउदै आएको बताउनु भएको छ।सचिब सुबेदीले आगामी २०८४ को चुनावमा आफ्नो दल पहिलो पार्टी हुने दाबी समेत गर्नु भएको छ। साथ साथै सुबेदीले बिजया दशमी सदभाब पुर्ण तरिकाले मनाउन सबै आम नागरिकमा अनुरोध गर्दै ।
आफू दाङमा रहुन्जेल नागरिकसंग भेटघाट र अन्तर संबाद गर्ने कार्यक्रम समेत रहेको जनाउदै सोमबार फुलबारी, रंगैजा, हापुरे र शान्तिनगरमा भेटघाट र अन्तर संबाद कार्यक्रम रहेको सचिव सुबेदीले जनाउनु भएको छ।
लाइभदाङ । ५ कार्तिक २०८०, आईतवार १३:०७ बजे