नेपालमा पुनः ५.६ म्याग्नेच्यूडको भुकम्प

तुलसीपुर
२३ कात्तिक / नेपालमा पुनः५.६ म्याग्नेच्यूडको भुकम्प गएको छ ।

बुधबार विहान २ः१२ मा गएको भुकम्पको धक्का लुम्बिनी,कर्णाली प्रदेशका जिल्लाहरुमा धक्का महशुस भएको छ ।

संयुक्त राज्य भूवैज्ञानिक सर्वेक्षणको भुकम्प लाइभ म्याप अनुसार दिपायलमा केन्द्रविन्दू भएर भुकम्प गएको हो । यसको थप विवरण आउन बाँकी छ ।


मंगलबार राति ९ बजेर ७ मिनेटमा पनि दिपायल केन्द्रविन्दू भएर ४.८ म्याग्नेच्यूडको भुकम्प गएको थियो ।