नेपाल आत्मनिर्भर छैन्, भनेर पटक–पटक कुरा उठ्ने गर्छन् । नेपालमै उत्पादन भएमा बाहिरबाट हरेक कुरा आयत गर्नुपर्दैन, भनिएपनि नेपालमै उत्पादन भएको तरकारी अहिले वस्तुभाउलाई खुवाउनु पर्ने अवस्था छ । भारतबाटै तरकारी आयत भएकै कारण हाल नेपालमा उत्पादन भएको तरकारी खेतमै सुकेर जान थालेका छ । दाङसहित विभिन्न जिल्लामा उत्पादन भएको बन्दा गोवी गाईवस्तुलाई खुवाउनु परेको छ । एक रुपैँयामा पनि विक्री नहुँने र सित भण्डार पनि नहुँदा यसरी किसानहरु मारमा पर्ने गरेका छन् ।
नेपाल कृषि प्रधान देश हो । जहाँ, किसान सुरक्षित हुनु पर्ने हो । तर, त्यसो हुन सकेको छैन । किसानहरु निकै मेहनत गरेर उत्पादन गर्छन् । त्यो उत्पादन गरेको तरकारीले बजार नपाउँदा उनीहरुको लगानी, मेहनत पनि खेर गएको छ, भने किसान प्रतिको उत्साह पनि घट्दै गएको छ ।
किसानहरुको सुरक्षाको जिम्मा सरकारले लिनु पर्छ । किसानले उत्पादन गरेनन्, भनेर गुनासो मात्रै होइन्, उत्पादित वस्तुलाई कसरी बजारीकरण गर्ने भन्ने कुराको दायित्व सरकारको हो । सरकारले आवश्यकता भन्दा बढि उत्पादन भएको तरकारीलाई सितभण्डारमा राख्ने व्यवस्था मिलाउन सकेमा सहज हुन्छ । त्यति मात्रै होइन्, नेपालमा उत्पादन हुने तरकारी भारतबाट भित्रिने गर्छन । त्यसले गर्दा पनि भारतको तरकारी बिक्ने, नेपालकै तरकारी नबिक्ने समस्या हुँदा पनि यस्तो समस्या भएको हो । त्यसैले नेपालमा उत्पादन हुने तरकारीलाई भारतबाट पनि आयत नगर्ने नीति अबलम्बन गर्नुपर्छ । त्यसले किसानलाई उत्साहित नै बनाउछ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । २९ जेष्ठ २०८०, सोमबार १२:३० बजे