दिव्यकुञ्जमा एकदिने कार्यशाला

तुलसीपुर २८ जेठ/
तुलसीपुर ७ मा रहेको दिव्यकुञ्ज एकाडेमीमा एकीकृत पाठ्यक्रम तथा शिक्षण सिकाइ  विषयक एक दिने कार्यशाला सम्पन्न गरेको छ ।

डिलाईट ग्रुप प्रालिका सिइओ एवं दिव्यकुञ्ज एकाडेमीका अध्यक्ष वीर बहादुर भण्डारी (मोहन) को अध्यक्षता तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पुर्व सहसचीव राप्ती बबई क्याम्पसका निवर्तमान अध्यक्ष शिक्षाविद डा.बिष्णु कुमार देवकोटाको प्रमुख आथित्यतामा कार्यशाला भएको थियो ।


कार्यशालामा श्रोतव्यक्ति एवम् स्थानीय पाठ्यक्रम समिती सदस्य  मुकुन्दराज रिजालले प्रशिक्षण दिएका थिए । कार्यशालामा शिक्षणविधि, आजको शिक्षामा अपडेट आवस्यकता, शिक्षक र विद्यार्थीको सम्बद्ध कस्तो हुन्छ भन्ने सवालमा ब्यापक छलफल भएको थियो ।

सो अवसरमा अध्यक्ष भण्डारीले तुलसीपुरमै अब्बल विद्यालय बनाउने आफुहरुको चाहना भएको र त्यो उपलब्धी निकट भविश्यमै सावित गराउन कुनै कसर बाँकी नराख्ने बताए ।  दिव्यकुन्ज एकाडेमीका प्राचार्य संगम रिजालले स्वागत गरेको कार्यक्रममा धन्यवाद ज्ञापन विद्यालयका शिक्षक डा.प्रेम योगीले गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक पूर्ण केसीले गरेका थिए ।