दाङमा ९ देखि ११ गतेसम्म भेरोसिल खोप लगाईने

तुलसीपुर
६ असोज / दाङमा तीन दिन भेरोसिल खोप लगाईने भएको छ ।

यस पटक असोजथ ९ देखि ११ गतेसम्म ३२ हजार जनालाई खोप लगाउने तयारी रहेको हो । चीनबाट ल्याईएको उक्त खोप पछिल्लो चरणमा ३१ हजार डोज आएको र यस अघिको १५ सय डोज समेत गरी साढे ३२ हजार जनालाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

यस पटक ४५ देखि ५० बर्षसम्मका र यस अघि छुटेका कक्षा १२ का विद्यार्थी सँगै ५० बर्ष भन्दा माथिकालाई लगाईने उनको भनाई छ ।


यसैबिच जिल्लामा अहिलेसम्म करिब ३४ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लामा कुल जनसंख्याको करिब एक लाख ३० हजार बढीले खोप लगाएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योती वलीले जानकारी दिए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'