सहिदहरुको योगदान बिषयक अन्तरक्रिया कार्यक्रम

दाङ, १६ माघ ।
सगरमाथा इङलिस स्कुलले आज सहिद दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । विद्यालयका सिइओ यमकान्त खरेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती बबई क्याम्पसका पुर्ब क्याम्पस प्रमुख तथा अधिवक्ता सालिक राम रेग्मीको प्रमुख आतिथ्यता र तुलसीपुर उपमहानगरपालिकाका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेल र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप वलीको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

सहिद दिबसको अबसरमा सगरमाथा स्कुलमा अन्तरक्रिया सम्पन्न 


अन्तरक्रिया कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका पर्यटक शाख प्रमुख खरेलले विद्यार्थीहरुलाइ सहिद भनेको के हो ? शहिदले देखाएको बाटोमा हिड्न किन आवश्यक छ ? भन्ने कुरामा प्रकास पार्नु भएको थियो । उहाले शहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरेतापनी सहिदहरुका सपनाहरू अधुरै रहेकोमा दुख व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदीप वलीले विद्यालयले यस्तो खालको कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई सहिदप्रतिको सम्मान र उनिहरुले देखाएको बाटोमा हिड्न प्रेरित गरेकोमा खुसी व्यक्त गर्नु भयो । पछिल्लो अवस्थामा विद्यार्थीहरुमा बिदेशको मोह बढदै गएकाले देश भक्ती भबना हराउदै गएकोमा जोड दिनुभयो ।विद्यार्थीहरुलाइ देशप्रतिको माया जगाउनमा यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने भन्दै प्रसम्सा पनी गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रेग्मीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, रास्ट्र र स्वतन्त्रता सहित जनताका पक्षमा भएको आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरुले देखाएको बाटोमा हिडेपछी मात्र सहिदहरुको आत्माले शान्ती पाउने बताउनु भएको थियोे ।साथै उहाँले मुलुकमा पछिल्नो अवस्थामा झैझगडा र दुर्घटनामा ज्यान गुमाएको ब्याक्तीलाई समेत सहिद घोसना गर्नु पर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनको सहिदको अपमान गरेको कुरामा जोड दिनुभएको थियो। विद्यार्थीहरु सन्दीप चौधरी, दीक्षा शाह, मनिस केसी, कार्यक्रमको सहजीकरण कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नु भएको थियो ।