नेपाल छाडेर विदेश जान्न

टेकराज भण्डारी
प्रकाश भण्डारी, एक युवा नेता हुन् । उनको २०५२ साल ०६ महिना २८ गते प्युठानको नौबहिनी गाउँपालिकामा जन्म भएको हो । उनी जन्मिएको ३ बर्ष पछि उनको बुबा बसाइँसराइ गरेर दाङ आउनु भयो । उनीहरू प्युठानबाट बसाइँसराइ गरेर २०५५ सालमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा आएका हुन् । उनी बाल्यकालमा घर नजिकैको स्कुलमा पढे । अमर अंग्रेजी विद्यालयमै भण्डारीले तत्कालिन एसएलसीसम्म पढे । उनले २०६८ सालमा एसएलसी पास गरेपछि उच्च शिक्षा बुटवल टेक्निकल स्कुलबाट २०७१ सालमा ओभरसियर पास गरे । उनको बाल्यकाल रमाइलो तरिकाबाट बित्यो ।

उनी पढाईसंगै विद्यार्थी राजनीतिमा पनि सक्रिय बने । हाल उनी राष्ट्रिय प्राजातन्त्र पार्टी विश्वविद्यालय समन्वय विभाग सदस्य छन् । उनले २०७२ सालमा हेलो ईन्टरनेशनल कम्पनीमा म्यानेजर भएर काम गरे । त्यस पछि २०७६ सालमा नमस्ते अल ईन्टरनेशलन कम्पनीमा राष्ट्रिय अनुसन्धान विभाग एच ओ डी मा काम गरे । आफ्नो देशमा केही गर्नु पर्छ भन्ने उनी माझ हुटहुटि जाग्यो । देशमा भएको आर्थिक मन्दिको अवस्थामा पनि २०७८ सालमा गुड लाइट ग्रुप प्रा.लि खोले । उनले गुड लाइट ग्रुप प्रा.लिद्वारा ८०/९० जना बेरोजगारी युवा युवतीलाई रोजगारी दिदै आएका छन् । उनले भने ‘नेपाल छोडेर विदेश जान्न, समाज सेवा गर्छु ।’


सबै मानिसले कुनै न कुनै लक्ष्य लिएर जन्मेका हुन्छन् । भण्डारीको पनि जीवनमा एउटा लक्ष्य छ, राजनीतिकबाट समाज सुधार गर्ने । ‘हामीमा भएको आन्तरिक क्षमतालाई बुझेर आफ्नो लक्ष्य पूरा गर्नु पर्छ । लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरू आउछन्’,उनले भने तर हामीले कहिले हार मान्नु हुदैन । परिवर्तन गर्नु पर्छ भने मेरो लक्ष्य थियो’ । उनको परिवारमा बुबा ,आमा, दाजु , भाउजू , दिदी , श्रीमती र छोरा छन् । उनले जीवनमा धेरै संघर्ष गरेर यो स्थानमा आएका छन् । ति संघर्ष परिवर्तनकै लागि थिए ।