अस्वभाविक असन्तुष्टि

पछिल्लो समय मानिसमा बढि महत्वकांक्ष देखिन्छ । हरेक कुरामा असन्तुष्टि मात्रै हुन्छ । सकारात्मक कुरालाई पनि नकारात्मकतामा बंग्याउने समाज छ । जतिसुकै राम्रो काम गरेपनि एकले अर्कोलाई स्वीकार्न नसक्ने समाज छ । समाजनै अराजकत तर्फ हिडिरहेको छ । जसले अराजक कुरा जोडतोडले गर्छ, त्यसकै पछि भिड लागिरहेको छ । यसले पनि समाजमा थप अराजकता सिर्जना गरेको छ ।

नेपालमा सोँचे अनुरुप विकास हुन सकेको छैन, त्यो कुरा साँचो हो । तर, विकास नै नभएको भने होईन् । बर्षेनी विकास निर्माणले केही न केही फड्को मारिरहेकै हुन्छ । १० बर्ष अघिको हाम्रो अबस्था र अहिले सोही स्थानमा भएको विकासको अबस्था हेर्दा केही न केही प्रगति भएकै छ । त्यो कुरा हामीले स्वीकार गर्न नसक्नु नै दुःखद हो । विकास एकैपटक हुने कुरा होईन् । विस्तारै-विस्तारै विकासले गति लिने कुरा हो । हामीमा तिब्र महत्वकांक्षा छ, एकै पटक धेरै विकास चाहिएको छ । तत्कालै त्यो कुरा नभए हामी असन्तुष्टि पोख्न थाल्छौं । यसले हाम्रो बुझाई र सभ्यतामा प्रभाब पारेको हुन्छ । मुलुकको आर्थिक अबस्था के छ, विकास निर्माणको गति के हो, भन्ने कुराको कुनै पनि हेक्का नराख्दा नै हामी अराजकतातर्फ उन्मुख भइरहेका छौं ।


हामीमाथि भ्रम सिर्जना भयो भने अनाwa श्यक रिस उठ्छ र अराजकता पैदा हुन्छ । अहिलेको परिवेश ठ्याक्कै त्यस्तै छ । मान्छेमा भ्रम छ । नयाँ पुस्ता सचेत भएर निस्किनु पर्नेमा यो पुस्ता पनि भ्रममै रुमल्लिन थाल्यो र समाज अराजकता तर्फ अगाडी बढ्न थाल्यो । यो भ्रमले नेपाल बनाउने भन्दा झनै उधोगति तिर लैजान्छ । अबको सचेत युवाले अहिलेको नेतृत्वले गरेको राम्रो कामलाई प्रशंसा र गलत कार्यमा सचेत बनाउने कुरा हो । तर, हरेक कुरालाई गलत देख्ने, राम्रो कामलाई पनि प्रशंसा र सम्मान गर्न नसक्ने कार्यले गर्दा नेतृत्वलाई हौसला पनि हुँदैन । त्यसैले अबको नयाँ पुस्ताले मुलुकलाई कस्तो बनाउने र कसरी छिटो-छिटो विकसित गर्ने भन्ने कुरामा सचेत ढंगले लाग्नु पर्ने आवश्यकता देखिन्छ ।