शान्तिदीपमा बाल क्लव गठन

देव राज कँडेल
दाङ, २३ जेठ ।

बालबालिकामा अन्तर्निहित क्षमतालाई प्रोत्साहित एवम् अभिप्रेरित गर्दै सिर्जनशील बनाउन अनि सबल, सक्षम तथा समाजोपयोगी नागरिक तयार पार्ने उद्देश्य राखेर मिति २०८० जेठ २१ गतेका दिन तुलसीपुर उपमहानगरपालिका वडा नं.८ मा अवस्थित शान्तिदीप इ.बो. स्कुलमा विद्यालयस्तरीय बाल क्लव गठन गरिएको छ ।

जसको अध्यक्षमा कक्षा १० मा अध्ययनरत छात्रा नाम्सा आचार्य, उपाध्यक्षमा शुभम देवकोटा, सचिवमा श्रीया सापकोटा, सहसचिवमा कृतिका भण्डारी, कोषाध्यक्षमा करुणा काफ्ले र सदस्यहरूमा किस्मा गिरी, अनुभा भण्डारी, इशान थापा, र रिया थापालाई छनोट गरिएको छ ।


विद्यालयका प्रधानाध्यापक गोविन्द व.शाहको सभापतीत्वमा भएको उक्त कार्यक्रममा शिक्षकहरु खगेन्द्र प्रसाद काफ्ले, शरद देवकोटा , जीवन शेन ठकुरी, लिलाराज पोख्रेल र रेवन्त बहादुर डाँगीले विद्यार्थीले गर्नुपर्ने काम र आचरणका बारेमा जानकारी गराउनु भएको थियो ।

विद्यालयमा गठित बाल क्लवले बालबालिकाका बिच आपसी मेलमिलाप तथा सहिष्णुताको भावना विकास गरी बालबालिकामा पर्न जाने नकारात्मक असर र विकृतिका विरुद्ध एकजुट हुन, सामाजिक परिवर्तनको संवाहकका रूपमा काम गर्न, बालबालिकाको हक अधिकारका विषयमा वकालत गर्न, बालविवाह, बालश्रम, बाल बेचबिखन तथा ओसारपसार, बाल दुव्र्यसन, घरेलु हिंसान्यूनीकरण लगायतका क्षेत्रमा काम गर्ने उद्देश्य राखिएको छ । उक्त कार्यक्रमको सहजीकरण विद्यालयका अनुशासन शिक्षक सनद देवकोटाले गर्नु भएको थियो ।