दाङमा अटो र जिप ठोक्कीदा ३ जना घाईते

दाङ, १० असोज ।
दाङमा अटो र जिप ठोक्कीदा ३ जना घाईते भएका छन । घाइते हुनेमा काठमाडौँ किर्तीपुर निवासी ४० वर्षीय निरन्जन रिमाल, सोही ठाँउ निवासी ३७ वर्षीय सान्ता पौडेल र दाङ तुलसीपुर ७ निवासी ३१ वर्षीय ललीत पाण्डे रहेको प्रहरीले बताएको छ ।

तुलसीपुरबाट पश्चिम तर्फ गइरहेको रा १ ज ८९६ नम्बरको जिप र बिपरीत दिशाबाट आइरहेको रा १ ह ६७२० नम्बरको अटो दंगीशरन गा.पा. ६ बागरमा आज सोमबार दिउसो पौने ३ बजे ठोक्कीदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका तिनै जनाको राप्ती प्रादेशीक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


गाडी र चालक प्रहरी चौकी बागरको नियन्त्रनमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।