दाङ,२० जेठ ।
तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा स्थित सगरमाथा बालवाटिका इङ्लिस स्कुलमा शुक्रबार बाल क्लब र एसक्युसीको गरि दुई वटा चुनाव भएका छन्। बाल क्लबको अध्यक्षमा कक्षा ७ का छात्र सुजल डाँगी निर्वाचित भएका छन , भने उपाध्यक्षमा कक्षा ९ कि छात्रा माया मगर निर्वाचित बनेकी छिन।
यसैगरी सचिवमा प्राप्ति गिरी, सह सचिवमा अनिष केसी, कोषाध्यक्षमा गौरव भुसाल र खुला सदस्य तर्फ तिलक बिक, सुनिल वली, अञ्जली नेपाली निर्वाचित भएका छन्, भने महिला सदस्यमा सिमरण खड्का अत्याधिक मतले विजयी भएकी मतदान अधिकृत शरद शर्मा मजगैँयाले जानकारी दिए ।
त्यसैगरी यस क्यु सी तर्फ अध्यक्षमा विवेक बिक निकटतम प्रतिस्पर्धी निरज चौधरीलाई भारी मतान्तरले फरक पार्दै विजयी भएका छन्, भने उपाध्यक्षमा सुजल डाँगी, सचिवमा अर्जुन नेपाली, सहसचिवमा मनिषा बिक निर्वाचित भएका छन्, भने कोषाध्यक्षमा विजय चौधरी, खुला सदस्यमा अनुशा गौतम, किञ्जल चौधरी, मनिषा चौधरी र महिला सदस्यमा गङ्गा चौधरी निर्वाचित भएका छन्।
बालबालिकाको आफ्नो र समाजको साझा उद्देश्य प्राप्तिको लागि सहभागिता मूलक ढङ्गले सक्रिय रुपमा अग्रसर गराउन बालक्लबको गठन तथा परिचालन गरि अधिकारमुखी अवधारणाको सुरुवात र लोकतान्त्रिक मूल्य मान्यताको अवलम्बन तथा सुशासनको आधार स्तम्भका रुपमा उक्त क्लब गठन गरेको प्रधानाध्यापक छवि कुमार वलीले जानकारी दिए । जसले बालबालिकामा अन्तर्निहित क्षमतालाई प्रोत्साहित र अभिप्रेरित गर्दै सृजनशील बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
बालबालिका बिच आपसी मेलमिलाप तथा सहिष्णुताको भावना विकास गरि बालबालिकामा पर्न जाने नकारात्मक प्रवृत्ति र विकृति विरुद्धमा एकजुट हुन र सामाजिक परिवर्तनको बाहेकको रुपमा विकास गर्न र वाल संरक्षण सम्बन्धी कार्य गर्न जस्तै बाल बिबाह, बालश्रम, बेचबिखन तथा ओसारपसार, बाल दुर्व्यसन, घरेलु हिंसा लगायतका बालबालिका माथि हुने सबै प्रकारका हिंसा र बिभेद, जोखिममा रहेका बालबालिका, विद्युतीय, अपराध, पारिवारिक विखण्डनमा परेका बालबालिकाहरूको न्यायको लागि आवाज उठाउन र आफू सरिक हुनु पर्छ भनी उनले विद्यार्थीलाई प्रशिक्षण गरेका थिए।
यसैगरी विद्यालयमा गुणस्तर अभिवृद्धि गर्नको लागि यस क्यु सी को गठन भएको विद्यालयका सिइओ यमकान्त खरेलले जानकारी दिनु भयो जसले गर्दा विद्यार्थीमा नेतृत्वको विकास भइ उनीहरूमा क्षमताको विकास हुनेमा उनको भनाइ छ । विद्यालयले विद्यार्थीहरूको अन्तर्निहित क्षमता प्रस्फुटन गर्न समय सापेक्ष विभिन्न कार्यक्रम गर्दै आएको विद्यालयका संयोजक तिलक डाँगीले जानकारी दिए ।
लाइभदाङ । २० जेष्ठ २०८०, शनिबार १२:४४ बजे