तुलसीपुर, २० जेठ ।
दाङमा टिप्परले विद्युत पोल ढालेपछि चोट लागेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ। शनिबार बेलुका सवा ४ बजेतिर लु २ ख २३८६ नम्बरको टिपरले सडक निर्माणका लागि गिट्टी झार्ने क्रममा त्यसको ढालाले विद्युतको लाइन छुन जाँदा तार तानिएपछि पोल ढलेको थियो।
तुलसीपुर – १८ मा ढलेको तारसहितको पोलले स्थानीय तुलसीपुर – १७ मानपुरका तीन बालक घाइते भएका थिए ।
त्यसमध्ये लक्ष्मण चौधरीकी ३ वर्षीया छोरी सुप्रिया चौधरीको बाँकेको नेपालगञ्जस्थित नरसिंङ होममा उपचारका क्रममा राति १०:५० बजे मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ। अन्य दुई बालक भने उपचार पछि डिस्चार्ज भइ सकेका छन् ।
लाइभदाङ । २० जेष्ठ २०८१, आईतवार १५:०८ बजे