तुलसीपुर
५ असोज / तुलसीपुर उपमहानगरपालिकाले चारवटा नदी तथा खोलाबाट नदीजन्य पदार्थ निकाल्नकालागि प्रक्रिया अघि बढाएको छ ।
बबई नदी, भमकेखोला, ग्वारखोला, पातुखोला र सक्राम खोलाबाट नदीजन्य पदार्थ निकाल्नकालागि टेन्डर आह्वान गरेको छ । तुलसीपुर उपमहानगरपालिका कार्यापालिकाको भदौ २ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
पहिलो पटक असोज ५ गते सूचना प्रकाशन गरेको हो । त्यसको ३० दिन भित्र आवदेन दिन आह्वान गरिएको छ ।
लाइभदाङ । ५ आश्विन २०७८, मंगलवार २०:४७ बजे