दाङमा १८ बर्षीया किशोरीलाई ललाई फकाई खेतवारीमा लगेपछि….

तुलसीपुर
१० भदौ / दाङको शान्तिनगर गाउँपालिका निवासी १८ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. १ निवासी २० बर्षीय सागर नेपाली र एक १८ बर्षीय किशोर रहेका छन् ।


ति किशोरीलाई ललाई फकाई गरि नजिकैको खेतबारीमा लगेर करणी गर्न लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरले उनीहरुलाई पक्राउ गरेको हो ।