इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी हुँदा लाखौँको क्षति

घोराही, १८ जेठ ।
दाङको घोराहीमा रहेको एक इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षेती भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ को शहिदगेट रोडमा रहेको बञ्जाडे इलेक्ट्रोनिक पसलकोे गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षती भएको जिल्ला प्रहरी कार्यालय दाङका उपरिक्षक बीरबहादुर वलीले जानकारी दिनुभएको छ ।

गोदाममा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयको सहयोगमा करिव एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका उपरिक्षक वलीका अनुसार आज बिहान करिव साढे ११ बजेतिर पसलको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रहरी प्रमुख वलीले भन्नुभयो,‘इलेक्ट्रोनिक पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भीक अनुमान रहेको छ । थप अनुसन्धान भैरहेको छ ।’ उहाँले आगलागीको घट्ना दिउँसो भएको र समयमै आगो नियन्त्रण लिन सक्दा क्षेती ठुलो हुन नपाएको बताउनुभयो । उहाँका अनुसार प्रहरीले क्षतीको पूर्ण बिवरण संकलनको काम गरिरहेको प्रहरी प्रमुख वलीले जानकारी दिनुभएको छ ।